,

देशमा नायक र खलनायकबीच टक्कर : बादल

काठमाडौं : नेकपा-माओवादीका महासचिव रामबहादुर थापा बादलले अहिले देशमा नायक र खलनायकबीच तीब्र टक्कर भएको बताएका छन्। उनले मुलुकको शासन सत्ता समेत खलनायकहरुको हातमा रहेको दावी गरे। अनेरास्ववियु क्रान्तिकारी काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको छैठौ बेनोज श्रेष्ठ स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको आइतबार राजधानीमा उद्घाटन गर्दै उनले सो बताएका हुन्।
अहिले देशमा नायक र खलनायकबीच टक्कर छ देशको शासन सत्तामा जनता छैनन खलनयाकहरुले कब्जा गरेका छन, उनीहरुले जनतको पक्षमा काम गर्दैनन्,' बादलले भने। नेपाल संसरमा नै सबैभन्दा गरिव मुलुक भनेर चिनिएको र खलनायक शासकहरुले झन गरिव बनाउने काम गरेको उनले आरोप लगाए ।
नेपालमा अहिले नेपाली जनताले वास्तविक फैसला गर्ने अवस्था नभएकोले यसका लागि राष्ट्रियताको आन्दोलन अगाडि बढाउन लागिएको उनले बताए। उनले नेपालको आन्तरिक मामलमा सबै निर्णय बाहिरबाट हुने गरेको आरोप लगाए। नेपाली जनताले नै आफ्नो निर्णय आफैँ गर्न सक्ने अवस्था सृजना होस भनेर नेकपा-माओवादी लगायतका दलहरुले आन्दोलनलाई अगाडि बढाउन लागेको बताए।
बादलले नेपाललाई संसरकै गरिव भनेर हेप्ने काम भएकोले आफ्नो पार्टीले नयाँ नेपाल निर्माणको नारा अगाडि सारेको बताए। उनले नयाँ नेपाल पक्षधरको जित होस् र खलनायकहरुको पराजय होस् भनेर आन्दोलनलाई अगाडि बढाउन लागेको बताए।
फागुन ११ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा ३२ टिमको सहभागिता छ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide