रोचक जानकारी,
कस्तो अचम्म ! भाग्यले साथ दिँदा ढुंगा पनि डराउदोरहेछ
Posted by Unknown
Published on Saturday, 8 February 2014
यो तस्वीरले निकै नाटकीय परिस्थिति बयान गरिरहेको छ। उत्तरी इटलीमा भुस्खलनका कारण उच्च पहाडी क्षेत्राबट ढुंगाको एउटा विशाल टुक्राले पहाड हुँदै खेतमा रहेको एउटा घरलाई करिबकरिब ध्वस्त बनाउन लागेको छ। यो तस्वीर कुनै चमत्कारभन्दा फरक छैन ।
थोरै दूरीबाट यो विशाल ढुंगाको पहाडले फार्म हाउसको मुख्य भवनलाई तहसनहस गर्नबाट बच्यो । यो विशाल ढुंगा केही टाढा पुगेर एउटा अंगुरको बगैंचामा रोकिएको छ। पहाडबाट अर्को एउटा ठुलै ढंगा पनि खसेको थियो । जुन एक घरमा ठोक्किएर रोकियो । त्यो पनि घरको निकै नजिकै रोकिएको थियो ।
माथिबाट आएको ढुंगाले जोडले ठक्कर दिँदा एउटा कार भने ध्वस्तै भयो । पहाडबाट जुन पहिलो ढुंगा खसेको थियो, त्यो फर्म हाउसको पछिल्लो भागमा ठोक्कियो । २०१४ जनवरी ११ का दिन भएको यो घटनामा यो घरमा रहेको परिवार भने पूर्ण रुपमा सुरक्षित छ । एजेन्सी






0 comments
Readers Comments
i love like and koment