सायरी,
मेरो मुटु तोडी जाँदा , तिम्रो मन पोलेन र ?
Posted by Unknown
Published on Saturday, 8 February 2014
मेरो मुटु तोडी जाँदा , तिम्रो मन पोलेन र ?
मलाई एक्लै छोडी जाँदा,तिम्रो मन पोलेन र ?
तिम्रै नामको सिन्दुरले,रगाँई दिन्छु जीवन भन्थेउ
साईनो अन्तै जोडी जाँदा , तिम्रो मन पोलेन र ?
जीन्दगीको गोरेटोमा , हात थामेर हिड्न सिकाई
पाईला अन्तै मोडी जाँदा , तिम्रो मन पोलेन र ?
सपना को रङ्गी चङ्गी, हाम्रो प्यारो दुनियालाई
आफ्नै हातले फोडी जाँदा , तिम्रो मन पोलेन र ?

0 comments
Readers Comments
i love like and koment