,

प्रतिष्ठानमा अख्तियारको छापा

धरान : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम कारबाही र सेवा सञ्चालनमा प्रतिष्ठानका पदाधिकारीले आर्थिक अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल मेडिकल काउन्सिलको संयुक्त टोलीले प्रतिष्ठानमा छापा मारी छानबिन सुरु गरेको छ।
टोलीले मंगलबार र बुधबार गोप्य रूपमा प्रतिष्ठानमा छापा मारेको हो। गैरकानुनी रूपमा प्रतिष्ठान सञ्चालन गरेको, विरामीको उपचार नभएको, एमबीबीएस परीक्षामा धाँधली गरी विद्यार्थी भर्ना गरेकोलगायतका विभिन्न शीर्षकमा अख्तियारको कार्यालयमा उजुरी परेपछि अख्तियार र काउन्सिलको टोलीले अनुसन्धान थालेको स्रोतले बतायो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका उपसचिव लक्ष्मी निरौलाको संयोजकत्वमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. निरमणि उपाध्याय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका लेखा अधिकृत किसन बस्याल सम्मिलित टोलीले विपी प्रतिष्ठानमा भएका लेखा, प्रशासन, कर्मचारी भर्ना, विद्यार्थी भर्ना लगायतका विषयमा छानबिन गरेको छ।
मंगलबार काठमाडौंबाट सीधै प्रतिष्ठान आएको टोलीले बुधबार पनि प्रतिष्ठानमा छानबिन र अनुसन्धान गरेको छ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले प्रतिष्ठानविरुद्ध उजुरी परेकाले उपसचिव लक्ष्मी निरौलाको नेतृत्वमा मेडिकल काउन्सिलको टोली समेत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम कारबाहीबारे छानबिन र अनुसन्धान गर्न खटाइएको जानकारी दिए।
उनले छानबिन र अनुसन्धानमा बाधा पुग्ने भन्दै थप कुरा भन्न नमिल्ने बताए। प्रतिष्ठानका प्रवक्ता डा. पशुपति खतिवडाले अख्तियारको टोलीले प्रतिष्ठानमा छानबिन गरेको जानकारी दिए।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide