khabar,
पानी छोएको निहुँमा दलित महिलामाथि कुटपिट
Posted by Unknown
Published on Wednesday, 26 February 2014
मिति : २०७० फागुन १४, बुधबार [183 पटक पढिएको]
रामबाबु यादव |
सिराहा : पानी छोएको निहुँमा सिराहा चन्द्रउदयपुर ७ को धोबियाधारका दलित मुसहरमाथि निर्घात कुटपिट गरिएको छ। इनारमा सँगै पानी भरेको निहुँमा सोही गाविसको वडा नं. ६ का २५ जनाभन्दा बढी गैरदलितले मुसहर महिलामाथि कुटपिट गरेका हुन्।
भूषण लामा, शारदा लामा, अशोक थापा, पूर्णी लामा, विजय तामाङलगायत २५ भन्दा बढीले घरघरमा पसेर कुटपिट गरेको पीडित सुमारीदेवी सदायले बताइन्। उनले भनिन्, 'सोमबार बिहान पानी भरिरहेको बेलामा विजय लामा इनारमा आए। उनले छिटो पानी भर, हामीले पनि भर्नुपर्छ भन्दै हप्काए। भर्नुस् न, मैले रोकेको छैन भनेपछि गालीगलौज र कुटपिट गरे।' इनारमा पिटेपछि गैरदलितहरू फेरि संगठित भएर आएको उनले बताइन्। उनले भनिन्, 'हाम्रो घरघरमा पसेर कुटपिट गरे।'
कुटाइबाट सुमारीदेवी सदाय, जहरी सदाय, सोमनी सदाय, शान्ति सदाय, सोना सदाय, पञ्चीदेवी सदायलगायत घाइते भएका छन्। घाइतेहरू स्थानीय क्लिनिकमा उपचारपछि घर फर्केको घाइते सोना सदायले बताए।
घुर्मीखोलाको डिलमा ३५ घर मुसहरको बस्ती छ। गाउँमा ज्यालामजदुरी गर्न पुरु षहरू बाहिर गएको बेला तामाङ टोलका बासिन्दाले मुसहर बस्तीमा गई कुटपिट गरी महिलालाई घाइते बनाएका हुन्। पानीकै निहुँमा आफूहरूलाई पटकपटक कुटपिट गरिएको श्याम सदायले बताए। उनले भने, 'हिजो पनि हामी पुरु ष काममा गएको मौका छोपेर घरमा रहेका महिलामाथि कुटपिट गरे। यो कहाँको न्याय हो?'
सिराहाको राजमार्गदेखि उत्तरतर्फको गाविसमा भूमिगत जलस्रोत भासिएर इनारहरू सुकेपछि खानेपानीको हाहाकार भएको छ। वरपरको इनारमा पानी सुकेपछि धोबियाधार मुसहरी टोलमा रहेको इनारमा चन्द्रउदयपुर ६ का तामाङ समुदायका बासिन्दा पानी भर्न जान थालेका छन्। उक्त इनार पहिलेदेखि मुसहर समुदायले प्रयोग गरिरहेका थिए। अहिले तामाङ समुदायले कब्जा गर्न लागेको आरोप मुसहरहरूले लगाएका छन।
मुसहर समुदायका अगुवा सिजेन्द्र सदाले भने, 'एमाओवादीका नेता पुष्पकमल दाहालले चुनाउ जितेको यस क्षेत्रमा दलितहरूले न्याय पाउँछन् कि पाउँदैनन्, हेर्न बाँकी छ।'


0 comments
Readers Comments
i love like and koment