,

यस्तो बन्दै छ् भबिश्यको रिडी।

यस्तो बन्दै छ् भबिश्यको रिडी। 

भबिश्यमा रिडी क्षेत्रलाई कस्तो बनाउने भन्ने बिषयमा रिडीमा बिचार बिमर्श तथा अनुसन्धान सुरु गर्न थालीएको छ्। गुरु योजना मार्फत रिडी क्षेत्र(रुरु,अर्गली र चन्डीभन्ज्याङ गाबिस)को ब्रिहतरबिकास गर्ने उद्देश्यका साथ मानब कल्याण ब्रिद्धाश्रम सेवा समिती गुल्मीका अध्यक्ष श्री कृष्ण बहादुर कुँवरको नेत्रीत्वमा एउटा टोली अध्ययनमा जुटेको छ्। अध्ययनको क्रममा उक्त टोलीले एउटा खाका कोरेको छ्। जुन तलको खाकामा देखाइएको छ्। योजना अनुसार तीनवता जिल्लालाई जोड्ने गरीरिडी बगरमा तीन मुखे झुलुङे पुल निर्माण गर्ने र उक्त पुलको केन्द्रिय भागमा लाइट हाउस निर्माण गरी तीन जिल्ला तर्फ फर्काइ ठुला बिजुली बत्ती जडान गर्ने योजना बनाइएको छ्। त्यसैगरी कालीगण्डकी नदीलाई थुनी रिडी बगरमा जलासय निर्माण गरी डुंगा सयर गर्ने ब्यबस्थाका लागि कुँडापानीमा बाँध बनाउने तथा उक्त बाँधलाई पाल्पा र स्याङ्जा जोड्ने पुलको रुपमा प्रयोगको गर्ने उक्त योजनामा उल्लेख गरीएको छ्।

त्यस्तै चन्डीभन्ज्याङ गाबिसको हनुमान थानमा हनुमानको ब्रिहद मुर्ती निर्माण गर्ने जुन गण्डकीमा आधा दुबेको अवस्थाको बनाउने। कारीकोटको डाँडामा रहेको मगर बस्तीमा होम स्टेको ब्यबस्था गरी पर्यतकहरु लाई त्यहाँ बस्ने ब्यबस्था गर्ने र उक्त डाँडामा नै एउटा हेलीप्याड निर्माण गर्ने योजना रहेको छ्। त्यसैगरी भिर्गुतुङेश्वोरमा भगवान शिव र देवदत्तको बिशाल मुर्ती बनाउने प्रस्तव गरीएको छ्।

त्यस्तै अर्गली गाबिसको कुसेनीमा गौशाला निर्माण गर्ने,ऋशीकेश मन्दिरको तल्लो भाग कालीगन्डकीमा गण्डकी आरती मण्डप निर्माण गर्ने,सोही नजिक स्नान घाट निर्माण गर्ने र एउटा धर्मशाला बनाउने योजना बनाइएको छ्। त्यस्तै स्नान घाट भन्दा केही तल शबदाह स्थल बनाउने तथा कुँडापानि नजिक डम्पिङ साइड बनाउने उक्त योजनामा उल्लेख गरीएको छ्।

त्यसैगरी रुरु गाबिसको रिडी बजार क्षेत्रमा एउटा शालीग्राम सङग्राहलय बनाउने, बजारको मध्य भागमा सभा हल बनाउने,रिडी बसपार्क भन्दा माथिल्लो भाग ब्रह्मा कुमारी भवन रहेको आसपासमा ब्रिहद धर्मशाला बनाउने,रातामातामा गुरुकुलको स्थापना गर्ने, गल्फुल परीसरमा रुरु क्षेत्रको पिठाधिस बस्ने एउटा पिठ बनाउने, लामो चौपारीमा कृयापुत्री भवन बनाउने(जुन निर्माण भईसकेको छ्)तथा स्नान घाट बनाउने प्रस्तव उक्त खाकामा उल्लेख गरीएको छ्।

यि योजनाहरु सहित निर्माण गरीएको यो खाका लाई गुरु योजनाको रुपमा मान्यता दिलाउन तथा कार्यान्वयन गराउनका लागि आउन लागेको गुल्मी जिल्लाको जिल्ला परीषद बाट अनुमोदन गरीदै छ भने पाल्पा र स्याङ्जा जिल्लाको जिल्ला परिषदबाट पनि यसलाई अनुमोदन गराउने तैयारी गरिदै छ्।



0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide