khabar,
नेपाली महिला टोलीे दक्षिण अमेरिकी शिखरमा
Posted by Unknown
Published on Thursday, 27 February 2014
विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने अभियानमा रहेको नेपाली महिला पर्वतारोहण टोली दक्षिण अमेरिकी महादेशको सर्वोच्च हिमाल अकोन्कागुवा आरोहण गर्न सफल भएको छ ।
फाइल तस्वीरः नेपाली महिला टोली अष्ट्रेलिया महादेशको कोश्युज्को हिमाल आरोहणका क्रममा ।
यसअघि नै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेको नेपाली महिलाहरुको टोलीले दक्षिण अमेरिकी देश अर्जेन्टिनामा रहेको करिब सात हजार मिटर अग्लो अकोन्कागुवा हिमाल आरोहण गरेको छ । चारजना नेपाली महिलाले ११ फागुनमा अकोन्गुवा हिमाल आरोहण गरेको आरोहण दलकी संयोजक शैली बस्नेतले जानकारी दिइन् ।
शिखर आरोहण गर्नेहरुमा पेमा डिकी शेर्पा, निमडोमा शेर्पा, आशाकुमारी सिंह र चुनु श्रेष्ठ छन् । आरोहण दलमा माया गुरुङ, पुजन आचार्यसहित सात जना सम्मिलित छन् ।
मौसम प्रतिकूल रहेको र आरोहण अभियानमा नौ दिन लागेको पनि संयोजक बस्नेतले जानकारी बताइन् ।
यो टोलीले सगरमाथाका साथै अष्ट्रेलिया, युरोप र अफ्रिकी महादेशका सर्वोच्च शिखरहरुको सफल आरोहण गरिसकेको छ ।


0 comments
Readers Comments
i love like and koment