,

जापानमा बेपत्ता भएकी सुत्केरी नेपाली महिला मृत भेटिइन्

नागोया । जापानको नागोयाबाट बेपत्ता भएकी एक नेपाली सुत्केरी महिला मृत फेला परेकी छिन् । गत फेब्रुअरी १९ तारिखदेखि हराइरहेकी नागोयाको ओजोनेमा बसोबास गर्दै आएकी बर्ष २८ वर्षीया दिनुता गौतम बिहीवार दिउँसो नागोया सी मिनातो कुस्थित मिनातो पुलिस स्टेशन नजिकको समुन्द्रमा मृत अबस्थामा भेटिएकी हुन् ।sutkeri गौतम २० दिने बालकलार्इ छोडेर फेब्रुअरी १९ तारिखदेखि वेपत्ता भएकी थिइन् ।  जापानवाट सञ्चालित नेपाली न्युज पोर्टल टोक्यो नेपाल का अनुसार मृतकको शरिर पानीमा डुबिरहेको अबस्थामा त्यहाँको स्थानीय प्रहरीले भेटाएको थियो । शब भेटेपछि प्रहरीले सम्बन्धित व्यक्ति मृतकको श्रीमानलार्इ खबर गरेको वताइएको छ ।मृतकको शव प्रहरी कार्यालयमा राखिएको वताइएको छ । गौतम बुटवल स्थायी घर भर्इ अध्ययनको शिलशिलामा जापान आएका प्रकाश पौडेलसंग बिबाह गरी बिगत ६ वर्ष देखि नागोयामा बसोबास गर्दै आएकी थिइन् ।  नागोयाको ओजोनेमा बसोबास गर्दै आएकी २८ वर्षीयागौतम गत बुधबार बिहान ६ बजेदेखि बेपत्ता भएकी थिइन् । 

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide