khabar,
कप्तान खड्कालाई टोयोटा कार
Posted by Unknown
Published on Thursday, 27 February 2014
काठमाडौ, फाल्गुन १५ – उद्योग बाणिज्य अध्यक्ष सुरज बैद्यले नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई टोयोटा कार दिने भएका छन् । नेपाललाई टी २० विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिएकाले उनलाई कार दिन लागिएको हो ।
बैद्यको बैद्य अर्गनाइजेशने नेपालले यूएईमा विश्वकप छनौट खेल्नु अघि नै छनौट भए उत्कृष्ट खेलाडीलाई कार दिने घोषणा गरेको थियो ।
उत्कृष्ट खेलाडी छनौटका लागि गठित समितिको निर्णय अनुसार खेलाडी छनौट भएको सदस्य रञ्जित आचार्यले जानकारी दिए ।
नेपाली क्रिकेट टोलीका सदस्यको जीवनी समेटेर तयार पारिएको पुस्तक विश्व टी२० क्रिकेटका सारथीहरु नामक पुस्तकको विमोचनमा यस्तो घोषणा गरिएको हो । कार्यक्रममा अनुपस्थित बैद्यको तर्फबाट छनौट समिति सदस्य आचार्यले कप्तान खड्काको नाम घोषणा गरेका हुन् ।
बैद्यले आगामी महिना बंगलादेशमा हुने टी २० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेतलाई कार दिने घोषणा गरेको आचार्यले बताए । कान्तिपुर



0 comments
Readers Comments
i love like and koment