,

ओझेलका खवर सञ्चालक बाग्लुङ्गमा सम्मानित

गुल्मी– वामीटक्सार, १६ फाल्गुन ।prem
केहि महिना अघि गुल्मीको अर्लाङ्गकोट निवासी एकै घरका दुई दृष्टि विहिन दाजु भाईको विचल्लीको समाचार प्रशारण गरेर राहत भएको भन्दै ओझेलका खवर सञ्चालक प्रेम सुनारलाई स्थानिय र बाग्लुङ्गका समाज सेवीहरुले सम्मान  गरेका छन् ।
अर्लाङ्गकोट १ चुनढुङ्गा निवासी दृष्टि विहिन गुनाखर र उनका भाई बाबुराम खराललाई सहयोग भए पछि बाग्लुङ्गको काँडेवासमा आयोजित एक समारोहका विच सुनारलाई सम्मान गरिएको हो । त्यस्तै सम्मानित हुनेहरुमा दृष्टि विहिनलाई ७८ हजार भन्दा बढि रकम सहगोग गर्ने वामी वडा नम्वर ६ दाल्का आँपचौर निवासी होमेन्द्र भण्डारी रहनु भएको छ ।
हाल वेलायतमा रहनु भएका भण्डारीले पहिलो पटक २५ हजार र हालै दोश्रो पटक ५३ हजार रुपैयाँ त्यहाँबाट सहयोग पठाउनु भएको थियो । त्यस्तै अर्लाङ्गकोट  घर भई हाल जापानमा रहनु भएका धनाञ्जय खरेल, बाग्लुङ्गको काँडेवास घर भई जापानमा रहनु भएका खिम कँडेल, बाग्लुङ्गको ग्वालीचौर ७ घर भई अस्ट्रेलियामा  कार्यरत सुभाष घिमिरे र लक्ष्मी घिमिरेका परिवारजनलाई पनि समितिले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा अर्लाङ्गकोटका पुर्व गाविस उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, पुर्व अध्यक्ष माधवप्रसाद खरेल र उहाँका भाई अजुर्न खरेल , बाग्लुङ्ग गाविस वडा नम्वर ९ का समाज सेवी तुलबहादुर सलामी सहित एक हजार देखि १० हजार सम्म सहयोग गर्ने एक सय भन्दा बढि ब्याक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
उनिहरुको सहयोगका लागि कलाकार सन्तु थापा, नरेश खाती, मैना रेश्मी मगर, विमल भण्डारी लगायतका कलकारहरुले विविध संष्कृतिक कार्यक्रमको आयोजना समेत गर्दै आएका छन् । दृष्टि विहिन खरेल बन्धुको सहगोगका लागि बाग्लुङ्गको गल्कोट, काँडेवास यता अर्लाङ्गकोट र वामी सम्मका समाज सेवीहरुले गिरीराज खरेलको अध्यक्षतामा सहयोग संकलन समिति गठन गरी संकलन अभियान जारी राखिएको छ ।
ओझेलका खवरमा उनिहरुको विचल्लीको समाचार आए पछि  ठुलो राहत भएको भन्दै त्यसका सञ्चालकलाई सम्मान गर्दै त्यस क्षेत्रका समाज सेवीले यस्तै दुखी गरिव र असाहयहरुको क्षेत्रका कलम चलाउन सुनारलाई आग्रह गरेका थिए । स्थानिय तहबाट ओझेलका खवरमा ति दृष्टि विहिनहरुको खवर प्रशारण गराउन पहल गर्नु हुने शिक्षक एवं सञ्चारकर्मी कालिदास खरेललाई सुनारले धन्यबाद दिनु भएको थियो । दृष्टि विहिन दुवै भाईलाई उनकी एकल बुढि आमाले निमेक मजदुरी गर्दै पालक पोषण गर्दै आउनु भएको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide