,

संविधान बने ६ महिनामै छोड्छु: प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले संविधान बने आफूले ६ महिनामै प्रधानमन्त्री पद त्याग्ने बताएका छन् ।


१६ फागुनमा नेपालगञ्ज आएका प्रधानमन्त्री सुशील कोइरालाले आफूले जतिसक्यो छिटो संविधान बनाउन चाहेको भन्दै त्यसलगत्तै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको समेत चुनाव गरिने बताएका छन् ।
नेपालगञ्जमा डेमोक्रेटिक लयर्स एसोसियसनको नवौं महाधिवेशनको उद्घाटन गर्दै कोइरालाले संविधान निर्माणका प्रमुख विवादित विषय संघीयता र शासकीय स्वरुपमा दलहरुबीच सहमति नभए संविधानसभाको प्रक्रिया अनुसार बहुमतबाट टुङ्ग्याइने बताए ।
उनले ६ महिनामा संविधानको मस्यौदा तयार गर्ने र एक वर्षमा संविधान जारी गर्ने लक्ष्य भए पनि समय घर्किरहेको भन्दै चिन्ता व्यक्त गरे ।
अर्को एक प्रसंगमा उनले आफ्नो मन्त्रिपरिषदमा रहेका कसैले पनि गल्ती गरे नछाड्ने चेतावनी दिए । “गल्ती गरें भने म पनि दण्डित हुनुपर्छ,” उनले भने, “गल्ती गर्ने अरूले पनि छुट पाउँदैनन् ।”
‘टनकपुर भारतकै हो’ 
प्रधानमन्त्री कोइरालाले देश विकासमा कांग्रेसको राष्ट्रिय प्रतिवद्धता रहेको उल्लेख गर्दै केही नयाँ काम गर्न थाल्दा विभिन्न अवरोध झेल्नुपर्ने अवस्था रहेको बताए । “टनकपुर भारतकै थियो, उसकै हो,” उनले भने,“तर गिरिजाबाबुले टनकपुर बेच्यो भनेर नचाहिंदो हल्ला चलाइयो ।”
उनले आफू प्रधानमन्त्री बन्नुअघि भारत भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा विद्युत उत्पादन पर्याप्त भए भारतलाई पनि फाइदा हुने भनेको स्मरण गर्दै थपे, “भारतलाई उर्जा चाहिएको छ, उ खरिद गर्न चाहन्छ, तर यहाँ फेरि भारतलाई बेच्यो भन्ने आरोप लाग्छ ।”
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र देश विकसित हुने बताए । एमाले लोकतान्त्रिक बाटोमा आइरहेको बताउँदै उनले भने, “विस्तारै माओवादी पनि यही बाटोमा आउँछ ।”

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide