,

पार्टीका विवादले संविधान निर्माणमा असर पार्नु हुँदैन : नेपाल

पार्टीका विवादले संविधान निर्माणमा असर पार्नु हुँदैन : नेपाल
काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका आन्तरिक विवादले नयाँ संविधान निर्माणमा असर पार्न नहुने बताएका छन् । शनिबार पेप्सीकोलास्थित नेक्सस् इन्टरनेसनल एकेडेमीको आठौँ वार्षिकोत्सव कार्यक्रममा नेता नेपालले भने, 'अहिले हरेक पार्टीभित्र विवाद छ तर सबै मिलेर एकताबद्ध भई मुलुकलाई अघि बढाउनु जरुरी छ।'
नेता नेपालले जनादेशअनुसार नेपाली काँग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने बताए । नेपाली संस्कार र संस्कृतिप्रति गौरवबोध गर्न आग्रह गर्दै उहाँले जातजातिका आधारमा विभाजन गरेर मुलुकलाई खाडलमा धकेल्न हुँदैन भने ।
कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी बनेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide