समाचार,
जोखिम मोलेर जहाज सञ्चालन
Posted by Unknown
Published on Thursday, 20 February 2014
जोखिम मोलेर जहाज सञ्चालन
ताप्लेजुङ, फाल्गुन ९ - सुकेटारका ओमप्रकाश राईले जहाजमा यात्रु नभए आफूले भाडा तिर्ने गरी तारा एयरको उडान सञ्चालन गराएका छन् । निजी विमान कम्पनी सञ्चालनमा नरहेको विमानस्थलमा उनले पाँच लाख धरौटी राखेर यस्तो जोखिम मोलेका हुन् ।
उनका अनुसार एकतर्फी १२ जना प्यासेन्जर अनिवार्य हुनुपर्ने, नभए धरौटीबाट काटिने सम्झौता गरिएको छ । 'आज नियमित उडान सुरु भएको पहिलो दिन काठमाडौंबाट पूरै १५ जना आए, यताबाट तीन जना मात्रै भए, ६ हजार ५ सयका दरले ९ जनाको भाडा मेरो धरौटीबाट काटियो,' उनले भने । सुकेटारको आफ्नै घरमा कार्यालय राखेका उनले सदरमुकाम फुङलिङमा थप सहयोगी रहेको बताए । नेपाल वायु सेवा निगमले काठमाडौंबाट सातामा चार उडान थालेको जिल्लामा यात्रु अझै प्रशस्त रहेकाले यसरी लगानी गरेको उनको दाबी छ । 'पाथीभरा र कञ्चनजंघा जाने मौसममा यात्रु धेरै हुन्छन्, पूर्वाधार भएर पनि महत्त्व र ठाउँ नचिनेकालाई चिनाउन प्रयास गरेको हुँ,' उनले थपे, 'धेरै यात्रु काठमाडौंबाट गाडी लिएर आउने गरेका छन्, र्फकने बेला कहिले बाटो बिग्रने, सडक जाम हुने, बन्द हडतालले रोकिएर त्यसै बस्नुपर्ने जस्ता समस्याको पोको फुकाउँछन् ।'
सातामा दुई दिन शनिबार वा मंगलबारलाई बीचमा पारेर उडान गर्न उनले कम्पनीसँग माग गरेका छन् । 'सिमि्रक एयरसँग पनि कुरा गरेको छु, उहाँहरू पनि पोजेटिभ हुनुहुन्छ,' राईले भने, 'एउटा कम्पनीले मंगलबार र एउटाले शनिबारलाई बीचमा पारेर सञ्चालन गरिदिए काठमाडौंबाट पाथीभरा जाने यात्रु प्रशस्त हुन्छन् ।' ताप्लेजुङ दुर्गम होइन, अब सुगम भइसक्यो भन्ने सन्देश दिने प्रयासमा लागेका उनलाई नियमित उडान सुरु गर्ने पहिलो दिन बुधबार जहाज क्यान्सिल गरेर तारा एयरले तनाव गराएको थियो । त्यसले सुरुमै विश्वासको संकट देखाए पनि आफू लागिरहने र विश्वास जित्ने उनको दाबी छ ।
निगमले चारै दिन उडाउने
दुई वटामध्ये एउटा दुर्घटनामा परेपछि सातामा पाँच उडान गर्दै आएको नेपाल वायु सेवा निगमले तत्काल उडान कटौती नगर्ने भएको छ । अहिलेसम्म पूरै यात्रु भएकाले ताप्लेजुङको उडान यथावत् राख्ने केन्द्रबाट सूचना पाएको ताप्लेजुङका स्टेशन इञ्चार्ज हेमन्त उप्रेतीले बताए ।
प्रकाशित मिति: २०७० फाल्गुन ९ १२:०५

0 comments
Readers Comments
i love like and koment