रोचक जानकारी,
इन्टरनेट बिना नै मोबाइलबाट अब फेसबुक र ट्विटर
Posted by Unknown
Published on Friday, 7 February 2014
इन्टरनेट बिना नै मोबाइलबाट अब फेसबुक र ट्विटर
इन्टरनेटमा त्यसमाथि सामाजिक सञ्जालमा रमाउने मानिसकालागी इन्टरनेट कनेक्सन नभएको ठाऊँमा पुगेर बस्नु साह्रै गाह्रो हुन्छ । कुनै कामले कही जानु पर्यो र त्यहाँ इन्टरनेट कनेक्सन छैन् भने त त्यसले दिक्क नै बनाउँछ । तर, अब सामाजिक सञ्जाल मात्र प्रयोग गर्न रूचाउने प्रयोगकर्ताले भने त्यसबाट मुक्ति पाउने भएका छन् । भारतको एक कम्पनीले इन्टरनेट बिना नै फेसबुक र ट्विटर प्रयोग गर्न सकिने प्रविधीको सुरूवात गरेको छ । युटोपिया नामको यो कम्पनीले मोबाइलमा हुने युएसएसडी (अनस्ट्रकचर्ड सप्लिमेन्ट्री सर्भिस डाटा) मार्फत् उक्त सुविधा सुरू गरेको छ । कम्पनीले विकास गरेको फोनेटविस नामको प्लेटफर्ममार्पत् सामान्य मोबाइल फोनबाट पनि बिना इन्टरनेट कनेक्सन फेसबुक तथा ट्विटर चलाउन सकिने कम्पनीका सिइओ सुरेश मेननले बताएका छन् । युटोपियाले भारतको मोबाइल सेवा प्रदायक कम्पनी एयरटेलको नेटवर्कमा सन् २०११ मा पहिलो पटक अफलाइन फेसबुक सेवा सुरु गरेको थियो । कम्पनीले हालै ट्विटरसँग पनि इन्टरनेट बिना सर्फ गर्न सकिने गरी साझेदारी गरेकाले अब फेसबुक ट्विटरको प्रयोग इन्टरनेट बिना नै गर्न सकिने भएको हो । भारतबाहेक पाकिस्तान, बंगलादेश र श्रीलंकामा समेत यो कम्पनीले सेवा सुरु गरिसकेको छ



0 comments
Readers Comments
i love like and koment