,

घरफिर्ती चाहने ६ हजार नेपाली अन्योलमा

घरफिर्ती चाहने ६ हजार नेपाली अन्योलमा


क्वालालम्पुर, माघ २५- गैरकानुनी हैसियतमा रहेका कमल खत्री (नाम परिवर्तन) सेलाङगरको एक कम्पनीमा कार्यरत छन् । करिब दुई वर्षदेखि त्यस्तो हैसियतमा रहेका उनी अहिले पक्राउ परिने हो कि भन्ने त्रासमा छन् र सुरक्षित तबरले फर्कन चाहन्छन् ।

'अब यही फेब्रुअरी ११ मा मेरो ट्राभल डकुमेन्टको म्याद सकिँदैछ,' दूतावासबाट यसअघि घरफिर्तीका लागि एकतर्फी ट्राभल डकुमेन्ट लिएका उनले भने, 'अब जरिवाना कति लाग्ने हो, कहिले फर्किन पाइने हो भन्ने केही थाहा पाउन सकिएन । अहिले पक्राउ परिने पो हो कि भन्ने चिन्ता लागिरहेको छ ।'

घर फर्किने प्रक्रियाबारे स्पष्ट जानकारी पाउन नसक्दा यतिखेर कमलजस्ता करिब ६ हजार नेपाली अन्योलमा परेका छन् । यहाँस्थित नेपाली दूतावासका अनुसार गत सेप्टेम्बरयता करिब ८ हजार नेपालीले घरफिर्तीका लागि ट्राभल डकुमेन्ट लिइसकेका छन् । तीमध्ये करिब एक हजार ३ सय नेपाली मात्रै घर फर्केका छन् र बाँकी करिब ६ हजारभन्दा धेरै नेपाली घरफिर्तीबारे स्पष्ट जानकारी नपाउँदा अन्योलमा रुमल्लिरहेका छन् ।

दूतावासका अनुसार पक्राउ पर्नेले जरिवाना रकम तिर्नुपर्ने हुन्छ र घरफिर्ती टिकट पनि स्वयं कामदार आफैंले किन्नुपर्ने हुन्छ । यद्यपि उक्त जरिवाना रकमसमेत कति तिर्नुपर्छ भन्नेबारे केही नबताइँदा घर फर्कन चाहने नेपाली अन्योलमा परेका हुन् । 'पक्राउ परेका नेपालीको तथ्यांक र घर र्फकन तिर्नुपर्ने जरिवाना रकमबारे पनि केही जानकारी आएको छैन,' राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने, 'यसकारण पनि अन्योलता बढेको हो । हामी जानकारी पर्खिरहेका छौं ।'

ट्राभल डकुमेन्ट लिइसकेका घर र्फकन चाहने नेपाली समयमै र्फकन नपाउँदा आर्थिक समस्यामा पर्न थालेका छन् । 'दूतावासबाट डकुमेन्ट लिएको पनि २ महिना भइसक्यो, अहिलेसम्म घर र्फकन पाएका छैनौं,' मुआरस्थित साथीको होस्टलमा आश्रय लिइरहेका गोविन्द रायले सुनाए, 'अब खाना खान पनि पैसा छैन । कहिलेसम्म यसरी बस्नुपर्ने हो । समस्यामा परियो ।' घर फर्कने प्रक्रिया र जरिवाना रकमबारे जानकारी अभावका कारण साथमा ट्राभल डकुमेन्ट, घरफिर्ती टिकट र पैसा हुनेसमेत घर र्फकन पाएका छैनन् ।

मलेसियाले पक्राउ परेकाहरूलाई घरफिर्ती केन्द्रहरूमा राखेको जनाइएको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide