,

मोडल खुश्बुको घरमा ‘चरी’ को गाडी

चर्चित ‘दादा’ दिनेश अधिकारी (चरी) को गाडी पूर्व मिस टीन तथा मोडल खुश्बु ओलीको घरबाट प्रहरीले बरामद गरेको छ ।

काठमाडौंको सोह्रखुट्टेमा १४ पुसमा राधे भण्डारी नामका ‘दादा’ माथि तरबार प्रहार गरेर फरार रहेका अर्का ‘दादा’ दिनेश अधिकारी (चरी) ले चढ्दै आएको बा १० च ५९९३ नम्बरको गाडी पूर्व मिस टीन र समाजसेवामा सक्रिय खुश्बु ओलीको ललितपुर धापाखेलस्थित घरबाट प्रहरीले ९ माघमा बरामद गरेको थाहा भएको छ । ४ माघमा ललितपुर धापाखेल हाइटमा नेपाली कांग्रेसका कार्यकर्ता मीनकृष्ण महर्जन र मिलन सिलवालमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले ‘चरी’ को गाडी ओलीको घरबाट बरामद गरेको हो । मोटरसाइकलमा आएका दुई व्यक्तिले महर्जन र सिलवाललाई गोली प्रहार गर्दा उनीहरु घाइते भएका थिए । ‘चरी’ ले घटना गराएको आशंकामा खोजी गर्दा उनी चढ्ने गरेको भक्स वागन गाडी खुश्बुको घरमा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एक प्रहरी अधिकृतले बताए । उनले भने “घटना भएको तीन दिनअघि चरीले गाडी उनकी साथी खुश्बु ओलीको घरमा छाडेर हिंडेका रहेछन् ।”
खुस्बु ओली । हिमाल अर्काइभ
करीब रु.९० लाख बराबरको सोही गाडी चढेर धादिङबाट काठमाडौं आउँदा ‘चरी’ माथि २२ असार २०७० मा राधे भण्डारीको समूहले नैकापमा गोली प्रहार गरेको थियो । गोली उनको दाहिने हातको पाखुरामा लागेको थियो । आफूमाथि भएको आक्रमणको बदला लिन १४ पुसमा उनले राधे माथि आक्रमण गराएका थिए । चार वटा मोटरसाइकलमा गएको समूहले राधे भण्डारीलाई लखेटेर तरबार प्रहार गरी घाइते बनाएका थिए । प्रहरीका अनुसार ललितपुरको गोली प्रहारका पीडितले ‘चरी’ को नाम नलिएकाले उनको संलग्नता पुष्टि भइसकेको छैन । सो घटनामा विभिन्न अपराधमा फरार रहेका अर्का ‘दादा’ रमेश बाहुनको संलग्नता रहेको आशंका छ । एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष समेत रहेका दिनेश अधिकारी (चरी) हाल भारतहुँदै सिंगापुर पुगेको बताइन्छ । राजेन्द्र श्रेष्ठको नाममा रहेको बा १० च ५९९३ नम्बरको गाडी डेढ वर्ष अघिदेखि ‘चरी’ ले नै चढ्दै आएका थिए । यसबारेमा हिमाल ले खुश्बु ओलीसँग सम्पर्क गर्दा उनले गाडी आफ्नो घरबाट प्रहरीले लगेको बताउँदै दिनेश परिवारकै सदस्य जस्तो भएको बताइन् । प्रहरीले गाडी लैजाँदा विदेशमा रहेकी उनको भनाइ थियो “मेरो घरबाटै प्रहरीले गाडी लिएर गएछ । प्रहरीले लैजाने भनेपछि मेरो बुबाले नै गाडी दिनुभएको हो ।”

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide