,

कोइरालाद्वारा प्रधानमन्त्री पदको सपथ ग्रहण

नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले २८ माघ दिउँसो पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा २८ माघ दिउँसो उनले  सपथ ग्रहण गरे  ।

आफूले सपथग्रहण गरेपछि उनले राष्ट्रपतिको उपस्थितिमा शीतलनिवसामा का‌ग्रेस नेता रामशरण महतलाई मन्त्री पदको शपथ ग्रहण गराए । महतलाई अहिले कुनै मन्त्रालय तोकिएको छैन ।

संविधानसभामा दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका कोइरालासँग गृहमन्त्रालय सम्बन्धी विवाद भएपछि सहयोगी दल एमालेले  आफ्नातर्फबाट मन्त्रीहरु पठाएन भने सपथ ग्रहण कार्यक्रम समेत बहिस्कार गरेको  छ ।यद्दपी एमाले अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल भने पूर्व प्रधानमन्त्रीका रुपमा सपथग्रहण कार्यक्रममा सहभागी भए ।
एमालेले वामदेव गौतमलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री बनाएर उनकै नेतृत्वमा आफ्नो दलबाट मन्त्रीहरु पठाउने तय गरेको थियो । तर नेपाली कांग्रेसले गृहमन्त्रालय आफैंले राख्ने अडान लिएपछि विवाद भएको हो ।
एमालेले कांग्रेस सहमतिबाट पछि हटेको आरोप लगाएको छ भने कांग्रेसले गृह मन्त्रालय एमालेलाई दिने सम्झौता नै नभएको दाबी गरेको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide