,

प्रधानमन्त्री कोइरालाद्वारा पहिलो निर्णयमा हस्ताक्षर


सपथग्रहण लगत्तै सिंहदरबास्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाले पहिलो निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।

२८ माघ दिउँसो राष्ट्रपतिबाट सपथग्रहण गरेलगत्तै प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका प्रधानमन्त्री सुशील कोइरालाले ५ हजार रुपैयाँ भन्दा बढीको भुक्तानी दिंदा वेबसाइटमा सूचना राखेपछि मात्रै भुक्तानी दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
यसअघि कोइरालाले शहीद गेट पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनलाई मुख्य सचिव लिलामणी पौडेललले प्रधानमन्त्री कार्यालयमा स्वागत गरे ।
२७ माघमा व्यवस्थापिका संसद् सदस्यहरुको दुई तिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले बिना बिभागीय मन्त्रीको रुपमा कांग्रेस नेता रामशरण महतलाई सपथ ग्रहण गराएका थिए ।
उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लागु गरिने बताएका छन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide