,

अनलिमिटेड प्याकेज एनसेल

अनलिमिटेड प्याकेज एनसेल
================
महँगो इन्टरनेट प्याकेजका लागि उपभोक्ताबीच आलोचित
रहँदै आएको एनसेलले इन्टरनेटको शुल्कमा सुधार गर्ने भएको छ।
एनसेलले प्रतिस्पर्धी बजारमा आफ्नो सेवाको शूल्क
निक्कै नै महँगो साबित भएपछि त्यसमा परिमार्जन गर्न लागेको हो।
एनसेलले आफ्नो इन्टनेट प्याकेजलाई अनलिमिटेड गराउन
लागेको जनाएको छ। उसले
थ्रीजी डाटा सेवाका प्याकेजलाई अनलिमिटेड
बनाउन लागेको हो। अहिले सम्म भोल्यूमबेस
(चलाएको आधारमा पैसा लाग्ने) प्याकेज मात्र एनसेलले दिँदै
आएको थियो। जुन प्रयोगकर्ताका लागि निक्कै महँगो शूल्क थियो तर
एनसेलको इन्टरनेटको गती भने सन्तोषजनक नै
रहेको थियो
फेसबुक चलाउनका लागि अन्य
भन्दा केही सस्तोमा फेसबुक प्याक ल्याएको एनसेलले
नेपाल टेलिकमसँगको मूल्य प्रतिस्पर्धामा पछाडी भएकाले
शूल्कमा सुधार गर्न लागेको हो। हालै नेपाल टेलिकमले मोबाइल
प्रयोगकर्ताका लागि १० रुपैंयामा एकघण्टा अनलिमिटेड डाउनलोड गर्न
सकिने इन्टरनेटको प्याकेज घोषणा गरेपछि दबाबमा रहेको एनसेलले
आफ्नो थ्रीजी मोबाइलमा पनि अनलिमिटेड
डाटाको प्याकेज ल्याउने सार्वजनिक गरेको छ।
राज्यको लगानीको दूरसञ्चार कम्पनी नेपाल
टेलिकमले वाइम्याक्स हटस्पट मार्फ मोबाइल, ट्याब्लेट
तथा ल्यापटप चलाउनेहरुका लागि राजधानीका मूख्य
केन्द्रमा सेवा सुरु गर्न लागेको छ। टेलिकमले वाइम्याक्स
हटस्पटको परि
क्षणका क्रममा राजधानीका मुख्य
केन्द्रमा निशुल्क वाइफाइ सेवा दिएको थियो। सित्तैमा विभिन्न
स्थानमा मोबाइलमा इन्टरनेट चलाउन
पाएपछि राजधानीका धेरै युवाले त्यसको प्रयोग
गरेपछि एनसेलको डाटा सेवा प्रयोग गर्नेको संख्या र मात्रमा समेत
कमी आएको थियो।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide