,

प्रेमिकालाई विष खुवाएर हाँस्दै भागे प्रेमी

धनगढी : कैलालीको उत्तरबेहडीमा माघ २३ गते मृत भेटिएका दुई युवतीको हत्या योजनाबद्ध रूपमा प्रेमीले गरेको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले आइतबार पत्रकार सम्मेलन गरी कञ्चनपुरको परासन गाविसका बलराम भनिने मातृका जैसीले सोही ठाउँका विमला ओझा र पूर्णिमा बानियाँको हत्या गरेको जानकारी दिएको हो।
दुवै शव धनगढी नगरपालिका ४ मा स्थित शिवपुरी सामुदायिक वनमा भेटिएको थियो। विमलाको पासो लगाएको र पूर्णिमाको विष सेवन गरेको अवस्थामा शव फेला परेको थियो। बलरामले दुवैजनाको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। ‘बलरामले दुवै युवतीसँग यौनसम्पर्कका लागि प्रेमको नाटक गरेका रहेछन्, त्यो कुरा दुवै युवतीबीच खुलेछ। दुवैले विवाहको प्रस्ताव राखेपछि बलरामले उनीहरूलाई आफ्नो जीवनबाट हटाउन खोजेको बयानमा भनेको छ’, प्रहरी उपरीक्षक मोहनराज जोशीले भने।
माघ २१ गते दुवै युवतीले एकै युवकसँग प्रेम गरेको थाहा भएपछि विवाद भएको भएको थियो। विवाद बढ्दै गएपछि माघ २२ गते तीनैजना धनगढीको एलएनचोकमा रहेको सुदूरपश्चिम होटेलमा बास बसेका थिए। तीनैजनाबीच छलफल भयो तर कुनै निष्कर्ष निस्केन। ‘दुवै युवतीले मर्ने घुर्की लगाएछन्। त्यसपछि विमला सुतेको बेला पूर्णिमा र बलरामले उसलाई मार्ने र दुवैजना विवाह गर्ने योजना बनाएछन्’, जोशीले भने।
प्रहरीका अनुसार माघ २३ गते होटेल छोडेपछि बलराम र दुवै युवतीले शिवपुरी सामुदायिक वनमा गएर कुराकानी गर्ने योजना बनाएका थिए। बिहान ८ बजेतिर तीनैजना वनमा पसे। हिपको जोर्नीको शल्यक्रिया गरिएकी विमलालाई पूर्णिमा र बलरामले पासो लगाएर मार्ने योजनाअनुसार पूर्णिमाले सलको पासो बनाइन्। ‘अनि विमला उभिनेबित्तिकै बलराम र पूर्णिमाले उनलाई पासोमा फसाएर हत्या गरे’, जोशीले भने।
प्रहरीका अनुसार विमलाको हत्यापछि पूर्णिमाले बलरामसँग विवाह गर्ने प्रस्ताव गरेकी थिइन्। त्यसपछि उनीहरू विमलाको हत्या भएको स्थानदेखि १५ मिटरजति टाढा गए। तर बलरामले आनाकानी गरे। त्यसपछि पूर्णिमाले विवाह नगरे दुवै मरौं भन्ने प्रस्ताव गरिन्।
अनि बलराम सँगै मर्ने भनेर तयार भएजस्तो गरेर पूर्णिमाले बोकेको सल्फास आधाआधा खाएर मर्ने निर्णय गरे। ‘बलरामको आग्रहअनुसार पूर्णिमाले तीन चक्की सल्फास खाइन्, त्यसपछि बलराम हाँस्दै त्यहाँबाट भागेछ,’ प्रहरी उपरीक्षक जोशीले भने। प्रहरीले बलरामविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide