समाचार,
अष्ट्रेलियामा ‘शरणार्थी’ बन्न खोज्ने ६ नेपाली फर्काइए.
Posted by Unknown
Published on Friday, 7 February 2014
अष्ट्रेलियामा ‘शरणार्थी’ बन्न खोज्ने ६ नेपाली फर्काइए.
.
.
समुद्री मार्गबाट अष्ट्रेलिया छिर्न खोज्ने ६ जना नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरि फिर्ता गरिदिएको छ । उनीहरु अबैध मार्गबाट अष्ट्रेलिया छिरेर शरणार्थी बन्न खोजेको अष्ट्रेलियाली संचारमाध्यमहरुले जनाएका छन् ।
इण्डोनेसियाबाट पानीजहाजमार्फत् अष्ट्रेलिया पुगेका उनीहरुलाई त्यहाँको सुरक्षाकर्मीले क्रिसमस आइल्याण्ड नजिकै नियन्त्रणमा लिएको अष्ट्रेलियाको द एज पत्रिकाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा २१ जना इरानी, ६ जना नेपाली, ५ जना बंगलादेशी र २ जना पाकिस्तानी गरि ३४ जना थिए । यसमा दुई जना १८ महिनाका बच्चा पनि थिए ।
२७ डिसेम्बरमा जकार्ताबाट अष्ट्रेलियाका लागि प्रस्थान गरेका उनीहरुलाई अष्ट्रेलियाली सुरक्षाकर्मीले केही दिन हिरासतमा राखेको अनुमान गरिएको छ ।
अष्ट्रेलियाले उनीहरुलाई सुन्तला रंगको लाइफबोटमा फिर्ता पठाइदिएको थियो । इण्डानेसियाली संचारमाध्यमहरुले जनाएअनुसार उनीहरु चढेको डुंगा बुधबार बिहान करिव साढे ८ बजे जकार्ताको समुद्री तटमा आइपुगेको थियो ।
उनीहरु अहिले इण्डानेसियाली सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बताइएको छ ।
पछिल्लो समयमा दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिका छिर्ने नेपालीको संख्यामा बृद्धि भइरहेका बेला अष्ट्रेलियामा पनि सोही प्रबृत्ति देखिएको छ ।

0 comments
Readers Comments
i love like and koment