समाचार,
एकै परिवारका ३ जनाको हत्या
Posted by Unknown
Published on Friday, 7 February 2014
एकै परिवारका ३ जनाको हत्या
=================
संखुवासभा, माघ २४ - संखुवासभाको पाथीभरामा पहिचान नभएको समुहले एकै परिवारको ३ जनाको हत्या गरेको छ ।
पाथीभरा १ एकुवाकी ३३ बर्षिया कालीमाया शेर्पा, उहाँकी ११ बर्षिया भदैनी निकिपा शेर्पा र ५ वर्षिया छोरी निमल्छनु शेर्पाको हत्या भएको प्रहरीले जनाएको छ ।
मृतक ३ जनाको शरिरका विभिन्न भागमा कुटपिट गरेको दाग र धारीलो हतियारले प्रहार गरि काटिएको अवस्थामा घर भित्रै शव भेटिएको प्रहरीले जनाएको छ । घर बाहिरबाट चावी लगाएको अवस्थामा घर भित्रै तीन जना मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक पवनकुमार गिरीले वताउनुभयो ।
मृतक कालिमायाको श्रीमान एक बर्ष अगाडी रोजगारका लागि मलेसिया गएकाले घरमा तीन जना मात्र बस्दै आएका थिए । उनीहरुको घरभित्रबाट गन्ध आएपछि हेर्दा तीनै जना मृत अवस्थामा गाउँलेले शुक्रबार बिहान भेटेका थिए । उनीहरुको एक हप्ता अघि नै हत्या भएको प्रहरीले अनुमान गरेको छ

0 comments
Readers Comments
i love like and koment