समाचार,
" बेचिन लागेका ३ (तिन) चेलीको भद्रपुर नाकाबाट उद्दार " :
Posted by Unknown
Published on Saturday, 8 February 2014
" बेचिन लागेका ३ (तिन) चेलीको भद्रपुर नाकाबाट उद्दार " :
मिति २०७०/१०/२३ गते दिनको १३:०० बजेको समयमा भद्रपुरको नाका हुँदै महिलाहरुलाई बेचबिखन गर्नको लागि भारत तर्फ लैजादै गरेका छन् भन्ने भरपर्दो सुराक पाई प्रहरी गस्ति टोलीले खोजतलास एवंम् पक्राउ गर्नको लागि नेपाल भारत नाका तथा आसपास एरियाहरुमा मोवाईल गाडी समेतले गस्ति गर्दै कडाईका साथ चेकजाँच गर्ने क्रममा जिल्ला झापा महेशपुर गा.बि.स.वडा नं.१ स्थित झापा चोकबाट जिल्ला ईलाम घर भई हाल जिल्ला झापा गोलधाप ८ बस्ने बर्ष ४६ को अर्पण राई, जिल्ला झापा राजगढ ८ बस्ने बर्ष ३९ को रियाजुदिन मिया, जिल्ला झापा राजगढ ८ बस्ने बर्ष ५४ को खलिल अन्सारीले ३ जना महिलाहरुलाई सहित फेला पारी सोधपुछ गर्दा निजहरुले ति महिलालाई भारतको बाटो हुँदै बैदेशिक रोजगारको लागि पठाउन लागेको भनि बताएकोले समेतलाई नियन्त्रणमा लिई निजहरुको शरीर तलासी गर्दा महिलाहरुको (गोपनियताको प्रयोजनले गर्दा नाम उल्लेख नगरिएको) पासपोर्ट र नागरिकता समेत निजहरुको साथमा फेला परेकोले महिलाहरुलाई सोधपुछ गर्दा हामीलाई बिदेशमा राम्रो कमाई हुन्छ, बिदेशमा गयो भने धेरै पैसा कमाउन सकिन्छ चाडै धनी बन्न सकिन्छ पासपोर्ट बनाउन पनि हामी सहयोग गर्दछौ भनि पासपोर्ट बनाउन समेत सहयोग गरी पासपोर्ट बनाई दिई हामीहरुलाई भारतको बाटो हुँदै बिदेश लान भनि ल्याएका हुन भनि बताएको । निजहरुले महिलाहरुलाई बिदेश पठाउनको लागी पूर्व स्विकृती समेत लिएको नदेखिएको, बिदेश पठाउनको लागि कुनै पनि देशको प्रबेशाज्ञा (भिषा) जारी भएको नदेखिएकोले निजहरुले महिलाहरुलाई बैदेशिक रोजगारको लागि नभई भारतमा लगि बेचबिखन गर्ने उदेश्यले निज महिलाहरुलाई भारत तर्फ लैजान लागेको पाईएकोले बेचिन लागेका ३ जना महिलाहरुलाई उद्दार गरी उक्त घटनामा संलग्न निज अर्पण राई, खलिल अन्सारी, रियाजुदिन मिया समेतलाई नियन्त्रणमा लिई मानब बेचबिखन मुद्दा अन्तर्गत म्याद लिई थप अनुसन्धान गर्ने कार्य भई रहेको ।

0 comments
Readers Comments
i love like and koment