,

अन्जानमै माया बस्यो त मैले के विराए

अन्जानमै माया बस्यो त मैले के विराए
बहकिदा आशु खस्यो त मैले के विराए

भुल्न नखोजेको त कहा हो र निष्ठुरिलाई
त्यहि यादले फेरि डस्यो त मैले के विराए

उपहासमै जिउछु भनि कति कोशिस गरि
हेरे परेलि डिलमा आशु फस्यो त मैले के विराए


रहर त होइन मेरो सामिप्यतामा रहन खोज्नु
वाध्यताको जंजिरले कस्यो त मैले के विराए

एक नजर मात्रै हेर्यौ अजिबको जादु रै छ
अञ्जानमै माया बस्यो त मैले कै विराए ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide