समाचार,
प्रेसर हर्न बजाउने र ढोका खुला राख्नेलाई कारबाही
Posted by Unknown
Published on Thursday, 13 February 2014
प्रेसर हर्न बजाउने र ढोका खुला राख्नेलाई कारबाही
मिति : २०७० फागुन २, शुक्रबार [59 पटक पढिएको]
अन्नपूर्ण |
विराटनगर : ढोका खुल्ला राखेर सार्वजनिक ठाउँमा सवारी साधन चलाउँदा यात्रुको ज्यान जोखिममा पर्न थालेपछि मोरङमा ट्राफिक प्रहरीले अनिवार्य ढोका बन्द गर्नुपर्ने नियम बिहीबारदेखि कडाइका साथ लागू गरेको छ।
बस, माइक्रोलगायतका सर्वाजनिक सवारी साधनमा ढोका खुल्ला राखेर चलाएको भेटिएमा चालक र सहचालकलाई कारबाहीसमेत गर्न थालिएको मोरङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक खेम केसीले बताए।
बिहिबार मात्र प्रहरीले मोरङमा ४२ वटा सवारी साधनलाई कारबाही गरेको छ। सबै सवारी साधनलाई जरिवाना लिएर छाडिएको प्रनि केसीले बताए। 'ढोका खुल्ला राखेर चलाइएका सवारी साधनलाई दुई सय रूपैयाँ जरिवाना लिने गरिएको छ', उनले भने।
मोरङमा बस र माइक्रो बसको ढोकाबाट खसेर साउन यता आधा दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन्। 'ढोका खुल्ला राखेर सवारी चलाउँदा बढी जोखिम यात्रुलाई हुने गरेको छ', प्रनि केसीले भने, 'ढोकाबाट खसेर सहचालकहरूले समेत ज्यान गुमाउनe गरेका छन्।' 'चालकहरूलाई धेरै सम्झाइयो तर टेरेनन्, त्यही भएर कारबाहीको प्रक्रिया सुरु गर्नु परेको हो', उनले भने।
यसैबीच प्रेसर हर्न निषेधित क्षेत्र घोषणा गरिएको विराटनगरलाई प्रेसर हर्न मुक्त बनाउन ट्राफिक प्रहरीले अभियान थालेको छ। जथाभावि प्रेसर हर्न बजाउने सवारी साधनलाई कारवाहीको दायरामा ल्याएर विराटनगरलाई प्रेसर हर्न मुक्त बनाउने काम सुरु गरेको हो।
विराटनगरको रोडशेषदेखि कन्चनबारीसम्मका स्थानलाई यस अघिनै प्रेसर हर्न निषेधित क्षेत्र घोषणा गरी सकिए पनि कार्यान्वायन हुन सकेको छैन। ठूला सवारी साधनले नगर भित्र अनआवश्यक रूपमा ठूलो आवाजमा प्रेसर हर्न बजाउँदा समस्या आउन थालेपछि कार्यान्वायनको पाटो दरिलो बनाइएको ट्राफिक प्रहरीले जनाएको छ।
विहिबार मात्र विराटनगरमा प्रेसर हर्न बजाउने ७० वटा सवारी साधन कारवाहीमा परेका छन्। ती मध्ये ५० वटाको हर्न नै झिकिएको छ भने अन्यलाई जरिवाना गरेर आगामी दिनमा हर्न नवजाउने सर्तमा छाडिएको छ। प्रेसर हर्नले बालबालिका, गर्भवती महिला, बृद्ध बृद्धा, गर्भमा रहेको भु्रणलाई समेत असर गर्ने नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा रोषण आचार्यको भनाइ छ।
मोरसाइकलको रूप फेर्नेलाई कारबाही
पोखरा : मोटरसाइकलको स्वरूप परिवर्तन गरी चलाउनेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर कारबाही थालेको छ। स्वरूप परिवर्तन गरी अत्यधिक गति र ठूलो आवाज निकाली चलाइएका सवारी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय कास्कीले अभियान नै थालेको छ।
माघ २५ गतेबाट थालिएको अभियानअन्तर्गत हालसम्म ३८ वटा मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तकुमार लामाले बताए।
मोटरसाइकल चालकलाई अहिले हिरासतमा राखिएको र सवारी साधनमा भएको परिवर्तित स्वरूप बदल्न लगाई ट्राफिक नियमबमोजिम जरिवाना गरिने लामाले बताए।
यसैगरी, सवारीसाधन चल्ने नगर क्षेत्रमा पाँच मिनेटभित्र घटनास्थलमा प्रहरी पुग्ने गरी कास्की प्रहरीले मोटरसाइकलगस्ती थालेको छ। १४ स्थानमा मोटरसाइकलमा प्रहरी टोली खटाई अपराध नियन्त्रण गर्ने कार्य सुरु गरिएको एसपी लामाले बताए।



0 comments
Readers Comments
i love like and koment