समाचार,
एउटै मञ्चमा दुई माओवादी
Posted by Unknown
Published on Thursday, 13 February 2014
एउटै मञ्चमा दुई माओवादी
मिति : २०७० फागुन २, शुक्रबार [110 पटक पढिएको]
प्रेमनारायण आचार्य |
अर्घाखाँची : देशभर एकअर्को पार्टीका नेतालाई आलोचना गर्दै हिंडिरहेको बेला अर्घाखाँचीमा भने एमाओवादी र नेकपा-माओवादी एउटै मञ्चमा देखा पर्न थालेका छन्। जनयुद्धको १९ औं वार्षिकोत्सवको अवसरमा जिल्लाका दुवै माओवादीले एउटै मञ्चमा मन्तव्य राख्दै बजारभर बिहीबार खुसियाली मनाए।
शान्ति बगैंचामा आयोजित सभामा बोल्दै दुवै माओवादी नेताले पार्टी एकता अहिलेको आवश्यकता भएको बताउँदै अर्घाखाँचीबाट केन्द्रमा सन्देश दिन आफूहरूले एउटै मञ्च प्रयोग गरेको बताए। दुवै माओवादीका नेताहरू अबिर दलेर सन्धिखर्क, चुत्राबेसीका बजार परिक्रमा गरेका थिए।
उनीहरूलाई देख्नेहरूले 'पार्टी एकता भएको हो र' भन्दै यसबारे माओवादी नेताहरूलाई जिज्ञासा राखेका थिए। माओवादी नेताहरूले भने हाँस्दै 'एकता प्रक्रिया अब अगाडि बढ्दै छ' भन्ने जबाफ दिएका थिए।
एमाओवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर खड्काले १५ हजार सहिदको सपना साकार पार्न पनि पार्टी एकीकरणको विकल्प नभएको बताए। केही समयअगाडिसम्म कुनै कार्यक्रममा बोल्यो भने एकाअर्काको कटु आलोचना गर्ने उनीहरूले बिहीबारको सभामा भने दुवै दलमा भएका कमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने धारणा राखे।
नेकपा माओवादीका केन्द्रीय सदस्य भेषराज भुसालले दुवै पार्टीले आआफ्ना अडान छाडी सहमतितर्फ जाने संकेतहरू धेरै आएकाले अब पार्टी एकता हुन सक्ने सम्भावना निकै बलियो रहेको दाबी गरे। एमाओवादी केन्द्रीय सदस्य यमुना भुसालले दुवै पार्टी नभई सबै कम्युनिस्ट एक हुने गरी आगामी केन्द्रीय कमिटीको बैठकले कार्य योजना ल्याउने दाबी गरिन्।
'घात गर्ने प्रचण्ड र बाबुराम'
नारायणगढ : अर्घाखाँचीमा दुवै माओवादी एउटै मञ्चमा उभिएर पार्टी एकताको कुरा गरिरहेको बेला नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेल भने नारायणगढमा पुष्पकमल दाहाल र बाबुरामको घातले जनयुद्धको उपलब्धि ओझेलमा परेको बताइरहेका थिए।
नारायणगढ : अर्घाखाँचीमा दुवै माओवादी एउटै मञ्चमा उभिएर पार्टी एकताको कुरा गरिरहेको बेला नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेल भने नारायणगढमा पुष्पकमल दाहाल र बाबुरामको घातले जनयुद्धको उपलब्धि ओझेलमा परेको बताइरहेका थिए।
'जनयुद्ध' दिवसको अवसरमा आयोजित नेकपा-माओवादी चितवनको जिल्ला सम्मेलन तथा केन्द्रीय सल्लाहकार जगत श्रेष्ठको अभिनन्दन कार्यक्रमलाई बिहीबार भरतपुरमा सम्बोधन गर्दा नेता गजुरेलले यस्तो बताइरहेका थिए।
'जनयुद्धपछि मुलुकमा जुन परिवर्तन हुनुपर्थ्यो , तत्कालीन नेतृत्वको घातले त्यो परिवर्तन हुन पाएन', उपाध्यक्ष गजुरेलले भने, 'त्यसैले गर्दा जनतामा जनयुद्धका विषयमा नकारात्मक सन्देश गयो।'
'वैद्यले १२ बुँदे बुझेनन्'
गोरखा : जनयुद्ध दिवसकै अवसरमा गोरखामा आयोजित कार्यक्रममा एमाओवादीका नेता बाबुराम भट्टराईले भने १२ बुँदे शान्तिसम्झौताको मोहन वैद्य 'किरण' ले बुझ्न नसकेको आरोप लगाए। उनले शान्तिसम्झौता गरेको बेला वैद्य जेलमा रहेकाले उनले यसको मर्म बुझ्न नसकेको बताए।
गोरखा : जनयुद्ध दिवसकै अवसरमा गोरखामा आयोजित कार्यक्रममा एमाओवादीका नेता बाबुराम भट्टराईले भने १२ बुँदे शान्तिसम्झौताको मोहन वैद्य 'किरण' ले बुझ्न नसकेको आरोप लगाए। उनले शान्तिसम्झौता गरेको बेला वैद्य जेलमा रहेकाले उनले यसको मर्म बुझ्न नसकेको बताए।
उनले भने, 'उहाँलाई १२ बुँदेको मर्म, भावना बुझाउन सकिएन, कैयौं कार्यकर्तालाई ठीक ढंगले प्रशिक्षित गर्न सकिएन। पालुङटारमा यो देखियो। त्यहीँबाट कम्युनिस्ट आन्दोलन ओरालो लाग्दै गयो।'
उनले आफू जन्मेको समाज बदल्न नचाहने अवसरबादी धाराका माक्र्सवाद नभई व्यवहारवादी माक्र्सवाद नेपाली समाजका लागि ठीक भएको पनि बताए। उनले भने, 'हामी व्यवहारवादी माक्र्सवादमा विश्वास गर्छौं।'



0 comments
Readers Comments
i love like and koment