समाचार,
यस्तो बन्ने भो सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्
Posted by Unknown
Published on Tuesday, 25 February 2014
१३ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीमा निर्वाचित भएको १५ औं दिनमा कोइरालाले कांग्रेसका आठ मन्त्री र एक राज्यमन्त्री तथा एमालेका १० मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
मन्त्रीहरुको सपथ साँझ ५ बजे राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच हुनेछ । नेपाली कांग्रेसबाट महामन्त्री प्रकाशमान सिंहले उपप्रधान तथा स्थानीय विकासमन्त्रीका रुपमा समथ लिँदैछन् । एमाले उपाध्यक्ष वामदेव गौतमले उपप्रधान तथा गृहमन्त्रीका रुपमा सपथ लिने कार्यक्रम छ ।
कांग्रेस सभापति कोइराला माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । २८ गते सपथ लिएका कोइरालाले सोही दिन कांग्रेस नेता रामशरण महतलाई विना विभागीय मन्त्रीको सपथ गराएका थिए । उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइने भएको छ ।अनलाईनखबर 


0 comments
Readers Comments
i love like and koment