,

ट्रकले तीन मोटरसाइकल र दुई कारलाई ठक्कर दिए पछि



ट्रकले तीन मोटरसाइकल र दुई कारलाई ठक्कर दिए पछि

इटहरी। सुनसरी जिल्लाको हाँसपोसास्थित तरहरा उत्तर कोसी राजमार्गको पानीपियाँमा आज एक अनियन्त्रित ट्रकले तीन मोटरसाइकल र दुई कारलाई ठक्कर दिँदा तीनभन्दा बढी सर्वसाधारण गम्भीर घाइते भएका छन्।

सुनसरीको हाँसपोसास्थित तरहराको पानीपियाँमा अनियन्त्रित अवस्थामा रहेको ट्रकले तीन वटा मोटरसाईकल सहित कार च्यापेरको अवस्थामा फन्दामा परेकी एक मोटरसाईकल यात्री महिलाको उद्धार गर्दै गरेको दृष्य । तस्वीर: याम प्रधान,इटहरी

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सेउती खोलातिरबाट गिट्टी लिएर इटहरीतिर आउँदै गरेको ना १ ख ४४८० नंको ट्रकले को १ च ६६५१ नंको मारुती कारलाई ठक्कर दिएर केही तलतिर रोकिराखिएको बा ८ च ९८४५ नंको मारुती कार तथा को ७ प ३०६३, को १२ प ७५६८ र को १३ प ४९ नंको मोटरसाइकलसहित यात्रुलाई थिचेको थियो।

ट्रकले च्यापेका केहीलाई तत्कालै अन्य सवारी साधनको यात्रु तथा सोही स्थानमा भएका ट्राफिक प्रहरीले उद्धार गरेर धरानतिर उपचारार्थ पठाएका थिए। ट्रकमा च्यापिएकी एक मोटरसाइकल यात्रुलाई भने झन्डै एक घन्टापछि प्रहरीले उद्धार गरी न्युरो अस्पताल विराटनगरमा उपचारका लागि पठाएको छ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide