,

सरकार र चिकित्सकबीच वार्ता हुँदै


सरकार र आन्दोलनरत चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का चिकित्सकबीच वार्ता हुँदैछ ।

आन्दोलनरत चिकित्सकहरुसँग सरकारद्वारा गठित वार्ता टोलीले वार्ता गर्ने भएको हो । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशन पछि टोलीले वार्ता गर्ने तयारी गरेको छ ।
आईओएमको समस्याको बारे वार्ता टोलीले ब्रिफिङ गरे पछि प्रधानमन्त्री कोइरालाले तत्कालै वार्ता गर्न निर्देशन दिएका हुन् । वार्ता २८ माघमै हुने मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।


सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरी बास्कोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । अनशनरत प्राडा गोविन्द केसीको माग पूरा हुनुपर्ने भन्दै चिकित्सक संघ, प्राध्यापक संघ, रेसिडेन्सियल डक्टर्स एसोसिएसन र मेडिसिन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन आन्दोलनमा छन् ।
उनीहरुको २७ माघमा बसेको संयुक्त बैठकले केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बाहेकका ओपीडी सेवाहरु बन्द गरेका छन् । उनीहरुले केसीको माग २४ घण्टाभित्र पूरा गर्न पनि अल्टिमेटम दिएका छन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide