समाचार,
गाउ मा कम्पुटर शिक्षा अभियान
Posted by Unknown
Published on Sunday, 23 February 2014
मेरो जन्म १९७८ मा धादिङ जिल्लाको ज्यम्रुङ गाउँ बिकास समिती ९ गैरी गाउँ को एउटा साधरहण राजनीतिज्ञा को परिवार मा भयको हो! गाउँ स्तरको पढाई सकेर काठमान्डौ आय केही बर्ष काठमान्डौ बसाइ पछी ईन्डियको मुम्बई मा ३ बर्ष रेस्टुरेन्ट मा काम गरदै कराते सिके यस्पछी रोजगारितालाई बिस्तार गर्दै साउदी अरब ड्राईभिङ पेसा मा गय साउदीमा ३ बर्ष बसेपछी नेपाल भयर युनाईटेड अरब ईमिरेट्स(दुबई )२००४ मा आय र रोजगारितालाई निरन्तर्ता दिदै गाउँ घरको समस्या को बारेमा सोच्न थाले जुन राजनैतीक द्वान्दका कारण अलपत्र परेका बाटो,घाटो,पानी पदेरो को समस्या यसै समस्या मध्य १०० बर्ष पुरानो पानी को धारा जुन ५०,६० घरले पानी पिउने धारा लोपहुन लागेको थियो जस्लाई सम्रक्षाण दिने अठोट गरेर सो ठाउमा ट्यान्क निर्माण गरी घर घरमा पानीको धारा लाने योजना को लागि स्थानिय उपभोक्ता का दाजु भाई सँग सहयोग को अपिल गरे(बैदेसिक रोजगार मा)सबैले उल्लेख्निय सहयोग गरे आर्थिक तथा श्रम दान शाहीत ०७ लाख को लागत मा सो योजना सम्पन गरे सो योजना सम्पन्न भय लागातै आफुले रोजगार को क्रम मा बिभिन्न सुबर्ण अबसरहरु पाउदा आफु सँग कम्प्युटर शिक्षा नहुनाले सबै अबसर हरु गुमाउनु परेको ले मन भित्र भित्रै खिन्न भाईरहेको थियो र आउने पिढिका भाई बहिनिहरुको भबिस्य प्रती के हुन्छ होला भनेर सोची रहन्थिय सोच्ने क्रम मै एक दिन आँफैले निर्णय लिन पुगे सत्ता को लोभमा लडिरहने हाम्रो नेपाल को कुनै पनि राजनैतीक दल हरु को सरकारले ०२१ औ सताब्दिको कम्प्युटर युग मा पनि कम्प्युटर शिक्षा लागु गराउने बारे नसोचेकोले अब हामी आँफै यो कम्प्युटर शिक्षा आर्थिक तथा भौगोलिक आधारमा पिछडियका विद्यार्थी भाई बहिनी माझ प्रस्तुत गराउने उदेस्यले गाउँमा कम्प्युटर शिक्षा अभियान भन्ने आवाज का साथ आफुले अध्ययन गरेको बिद्यालय सँग खादेबी उच्च माद्यामिक बिद्यालय ज्याम्रुङ,८,धादिङ को लागि कम्प्युटरउपलब्ध गराउन सो बिद्यालयका भुत्पुर्ब विद्यार्थी,समाज सेवी,तथा बिजनेसम्यान ज्यु हरुसँग सहयोग को लागि अपिल गरे अपिल सँग सँगै यो अभियान सफल बनाउन ५ जना सन्चालन कमिटी बनाय जस्मा टेक्निकल र आर्थिक मा आदर्णिय दाजु श्री ईन्जिनियर तथा ब्याबसाही कुमार धमला दाई ले जिम्मा लिनु भयो र बिद्यालय र हामी परबासी बिच को-अर्डिनेटिङ गर्नु भयो उहा को साथ मा श्री दीपक ढकाल दाजुले पनि को-अर्डिनेटिङ भूमिका निभाउनु भयो,त्यस्तै दाजु गुणनिधी धमला र भाई बिकास गुरुङ सँग राय सल्लाहा लिदै ०७ लाख बराबर आर्थिक सन्कलन गरी जनवरी ०७ को दिन बिद्यालय सस्थापक ज्यु हरुलाई कदर प्रमाण पत्र प्रदान को साथ सबै सहयोगी हरुलाई सम्मान पत्र को साथ सम्मान गर्दै २२ सेट कम्प्युटर र ईन्टरनेट उपलब्ध गराउन सफल भय,
यस्तै गाउँमा कम्प्युटर शिक्षा अभियान लाई बिस्तार गर्ने क्रम मा ज्याम्रुङ गाउँ बिकास समिती का श्री मन्जुश्री माद्यामिक बिद्यालय,श्री लामास्थान माद्यामिक बिद्यालय,कुमारी देबी माद्यामिक बिद्यालय,त्रिपुरेश्वोरे गाउँ बिकास समिती का ष्री अचने उच्च माद्यामिक बिद्यालय,सल्यान्कोट अगैन बिकास समितिका श्री कार्कि गाउँ उच्च माद्यामिक बिद्यालय,कटुन्जे गाउँ बिकास समिती का श्री महेन्द्र बाराही उच्च माद्यामिक बिद्यालय, धादिङ समाज यू य ई का अध्यक्ष्य श्री भिम कुमार अधिकारी ज्यु मार्फत मार्पाक गाउँ बिकास समिती का मन्डली उच्च माद्यामिक बिद्यालय,,धादिङ समाज यू य ई का उपाध्यक्ष्य श्री धन बहादुर पाठक,रिशी धरेल र राजन लोहनी ज्यु मार्फत चैनपुर गाउँ बिकास समिती को सालबास उच्च माद्यामिक बिद्यालय र सोही गाउँ बिकास समिती का भुबनेश्वोरी माध्यामिक बिद्यालय मा नयाँ शैक्षिक सत्र २०७१ बाट कम्प्युटर शिक्षा सन्चालन हुँदै छ !भने देस भरी बिस्तार गर्ने योजना लाई तिब्रता का साथ संपर्क भाई रहेको छ!
गाउँमा कम्प्युटर शिक्षा अभियान !
भुवन गुरुङ



0 comments
Readers Comments
i love like and koment