,

यस्ता छन् हस्तमैथुन का फाइदा!!


यस्ता छन् हस्तमैथुन का फाइदा!!

मानिसहरुमा हस्तमैथुनले स्वास्थ्यमा एकदमै नकारात्मक असर पर्ने तथा सेक्स जीवन बर्बाद हुने जस्ता भ्रम रहेको पाइन्छ तर एक अनुसन्धानमा भने यसको ठीक विपरित परिणाम निस्किएको छ । उक्त अनुसन्धानका अनुसार हस्तमैथुनका विषयमा मानिसमा गलत बुभाइ छ । मानिस सोच्छन् कि अन्धोपना र शरीरमा हुने कमजोरीको कारण हस्तमैथुन नै हो । ‘डेलीमेल’को समाचारका अनुसार हस्तमैथुनले स्वास्थ्यमा कुनै असर गर्दैन बरु फाइदा पुर्‍याउँछ । अष्ट्रेलियाको सिड्नीस्थित युनिभर्सिटीकी ‘पब्लिक हेल्थ साइन्टिस्ट’ एन्थोनी सान्टेलाका अनुसार हस्तमैथुनले मधुमेह, प्रोस्टेट क्यान्सर र युरिन सम्बन्धी समस्या कम हुन सक्छ । अनुसन्धानमा सहभागी ९४ प्रतिशत पुरुषले आफूले हस्तमैथुन गर्ने गरेको स्वीकार गरेका थिए भने ८५ प्रतिशत महिलाले पनि आफूले हस्तमैथुन गर्ने गरेको स्वीकारका थिए ।जसमा केही गर्भवती महिला पनि सामेल थिए । अनुसन्धानबाट प्राप्त नजिता अनुसार कुनै महिलाले हस्तमैथुन गर्छन् भने उनीहरुमा ‘गर्भाशयमा हुन सक्ने संक्रमण’ र ‘मुत्र मार्गमा हुने संक्रमण’को सम्भावना कम हुन जान्छ ।यस्तै हस्तमैथुनले निन्द्रा नलाग्ने समस्या र तनावबाट पनि छुट्कारा मिल्छ । यस बाहेक हस्तमैथुन गर्नाले गर्भाशय नजिकको भाग पनि मजबुत हुन्छ । अध्ययनमा यो पनि पाइयो कि हस्तमैथुनले क्यान्सरबाट पनि जोगाउन मद्दत गर्छ । अध्ययनका अनुसार जो पुरुष नियमित रुपमा हस्तमैथुन गर्छन्, उनीहरुमा प्रोस्टेट क्यान्सरको खतरा एकदमै न्यून हुन्छ । प्रोस्टेट ग्रन्थीबाट निस्कने विषाक्त पदार्थ (टोक्सिन) हस्तमैथुनका क्रममा निस्कन्छ र प्रोस्टेट क्यान्सरको सम्भावना पुरुषमा कम हुन जान्छ । त्यस्तै एक अष्ट्रेलियन जोडीले दावी गरेका छन् कि हस्तमैथुन गर्नाले ‘डिप्रेसन’बाट पनि छुट्कारा पाउन सकिन्छ । हस्तमैथुनका समयमा तनाव कम गर्ने ‘एन्ड्रोफिन’ उत्पादन हुन्छ, जसका कारण व्यक्ति खुशी रहन्छन् । यसले ‘कोर्टिसोल’ हर्मोनमा बृद्धि हुन्छ र शरीरको ‘प्रतिरक्षा प्रणाली’ मजबुत बनाउन मद्दत गर्छ । यस्तै उक्त अध्ययनमा दावी गरिएको छ कि हस्तमैथुनले निन्द्रा नलाग्ने रोग र डिप्रेसन निदान हुन्छ र प्रतिरक्षा प्रणाली समेत मजबुत हुन्छ । उक्त अध्ययनमा यो पनि दावी गरिएको छ कि हस्तमैथुनबाट चाँडै नै सेक्सको चरम आनन्द समेत प्राप्त गर्न सकिन्छ । जसले नियमित चरम आनन्द प्राप्त गर्छन् उनीहरु तनावबाट मुक्त हुन्छन् भने उनीहरुको रक्तचाप पनि सामान्य रहन्छ र शरीरमा हुने पीडाबाट उनीहरु टाढा रहन्छन् । उक्त अध्ययनका अनुसार हस्तमैथुन गर्नाले आफ्नो ‘पार्टनर’लाई पनि खुशी बनाउन सकिन्छ अर्थात हस्तमैथुन गर्ने व्यक्तिको प्रस्तुति ओछ्यानमा पनि राम्रो हुन्छ ।

हस्तमैथुनबाट दिक्क हुनुहुन्छ?? यसरी रोक्नुस् 

हस्तमैथुन

डाक्टरहरुका अनुसार ठिक मात्रामा हस्तमैथुन नराम्रो हुन्न । हस्तमैथुनलाई यौन चाहना पूरा गर्ने एक भरपर्दो उपायको रुपमा लिइन्छ । यसलाई ठिक मात्रामा गरिएमा फाइदा हुने कुरा पनि जनाइएको छ ।
तर हस्तमैथुन पनि अत्याधिक गरिएमा भने बेफाइदा पनि पुग्न सक्छ । यसबाट आफ्नो स्वास्थ्य तथा सामाजिक जीवनमा पनि असर पर्न सक्छ । यदि तपाईं अत्याधिक हस्तमैथुन गर्नुहुन्छ र यसलाई काम गर्न अथवा रोक्न चाहनुहुन्छ भने केही उपायहरु पनि छन् । तल उल्लेख गरिएका उपायहरु लगाए हस्तमैथुनलाई कम गर्दै लान सकिन्छ ।
१. आफूलाई उत्तेजित गर्ने कुनै पनि क्रियाकलाप नगर्ने,
२. लामो समय एक्लै नबस्ने, सामाजिक काममा आफूलाई सहभागी गराउने, खेलकूदमा सहभागी हुने,
३. पर्याप्त मात्रमा फलफूल र सागपात सेवन गर्ने,
४. हस्तमैथुनलाई आफूले नसाको रुपमा प्रयोग गरेका बारे जानकारी राख्ने र सकेसम्म यसबाट बच्ने,
५. हस्तमैथुन नगर्ने भनि बलियो रुपमा लक्ष्य राख्ने र उत्प्रेरित हुने,
६. हस्तमैथुनलाई नसाको रुपमा लिएका आफ्ना साथीहरुलाई पनि यस विरुद्ध लाग्न प्रेरित गर्ने ।


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide