,

साउदी अरेबियाको एक अदालतले एक व्यक्तिलाई ५ वर्षको जेल र २४ सय कोर्राको सजाय हुनाएको छ ।

९ फागुन, एजेन्सी । साउदी अरेबियाको एक अदालतले एक व्यक्तिलाई ५ वर्षको जेल र २४ सय कोर्राको सजाय हुनाएको छ । आमालाई दुर्व्यवहार गरेको आरोपमा करिब ३० वर्षका ती व्यक्तिलाई अदालतले यस्तो सजाय सुनाएको हो ।

आमालाई हातपात गर्दै ती व्यक्तिले आफ्नी आमाको दाँत समेत भाचिदिएका थिए । न्यायाधिष तुर्की अल क्वार्नीले आमाको दाँत भाच्ने ती व्यक्तिको पनि दाँत भाच्ने सजाय पनि अदालतले सुनाएको बताएका छन् । साउदी अरेबियामा पहिले देखी नै रहँदै आएको जीवनको बदलामा जीवन, आँखाको बदलामा आँखा, नाकको बदलामा नाक भन्ने नियम अनुसार नै ती व्यक्तिको दाँत भाच्ने सजाय सुनाइएको हो ।

न्यायाधिषका अनुसार ती व्यक्तिलाई ६० वटा चरणमा कोर्रा हान्ने आदेश दिइएको छ । प्रत्येक १० दिनमा ४० पटक बजारको बीचमा ल्याएर कोर्रा हान्ने सजाय अदालतले सुनाएको हो ।

ती व्यक्तिलाई प्रहरीले उनको कारबाट पक्राउ गरेको थियो । घाइते अवस्थामा रहेकी आमालाई उद्धार गर्दै प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ गरेपछि ती व्यक्तिको मानसिक अवस्थाको समेत जाँच गरिएको थियो 




0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide