,

पोखरामा नयाँ मोडलका बस सञ्चालनमा



पोखरामा नयाँ मोडलका बस सञ्चालनमा
=======================

पोखरा, फागुन १२
पोखरा बस व्यवसायी समितिले भोलिदेखि नगर क्षेत्रमा विभिन्न सुविधा सम्पन्न नयाँ मोडलका नगर बसहरू सञ्चालनमा ल्याउने भएको छ ।
सन् २००० देखि २००२ मोडलका पुराना गाडीहरू विस्थापित गरी पहिलो चरणमा युरो–३ मापदण्डका १७ वटा हरिया रङ्गका गाडीहरू सञ्चालनमा ल्याएको समितिका अध्यक्ष महाप्रसाद सुवेदीले जानकारी दिए ।
पच्चिस फिट लम्बाइ, ८४ इन्च भित्री चौडाइ ६.३ फिट उचाइ र ३२ सिट भएका वातावरण मैत्री रङ्गरोगनबाट सुसज्जित जिपिए, सिसी टिभी र एलसिडी प्रविधि जडित सुविधा सम्पन्न स्वचालित यात्रु ढोका भएका ती गाडीहरू बगरदेखि खाल्टेमसिना रुटमा चलाइने छ ।
समितिबाट हाल २२८ वटा मिनी माइक्रोबस नगर क्षेत्रमा र २३ वटा ग्रामीण क्षेत्रमा चलिरहेकोमा पहिलो चरणमा विस्थापित भएका २० वटा बसका मालिकलाई समितिले रु तीन लाख २५ हजार क्षतिपूर्ति उपलब्ध गराउने छ ।
समितिले दुई वर्षभित्र पुराना मोडलका सबै गाडी विस्थापित गर्ने र क्षतिपूर्तिबापत सोही बराबरको रकम दिइने अध्यक्ष सुवेदीले बताउनुभयो । प्रत्येक गाडीबाट दैनिक रु ४५ उठाई विस्थापन कोषमा राखिने गरिएको र उक्त कोषमा हालसम्म रु ७० लाख जम्मा भइसकेको छ ।
नयाँ मोडलका गाडीमा यात्रुको सुरक्षा प्रबन्ध बलियो बनाउन बसमा सिसी क्यामेरा जडान गरिएको, एलसिडीद्वारा विविध सूचना र मनोरञ्जनात्मक कार्यक्रम निरन्तर प्रसारण गरिने, गाडी कहाँ पुगेको छ र कुन गतिमा गुडेको छ भनेर निगरानी गर्न मिल्ने जिपिएस प्रविधिले सहयोग पु¥याउनेछ ।
नयाँ मोडलका गाडीको मूल्य रु ४० लाख पर्ने समितिले जानकारी दिएको छ ।


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide