,

४ जनालाई घाइते बनाउने चितुवा स्थानीयले मारे ।

४ जनालाई घाइते बनाउने
चितुवा स्थानीयले मारे ।

लमजुङ, फागुन १३ – भोटेओडार ९, फेदीकुनामा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् । गाउँमा पसेको चितुवाले भैंसीलाई आक्रमण गरेपछि लखेट्न लाग्दा फेदीकुनाका कृष्णबहादुर बोगटी, उहाँकी श्रीमती माया, प्रेम भुजेल र सुजा तामाङलाई आक्रमण गरेर घाइते बनाएको हो । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको भोटेओडारको इलाका प्रहरी कार्यालयले जनाएको छ । आक्रमण गर्ने चितुवालाई स्थानीय
वासिन्दाले मारेका छन् । पुच्छर सहित ७८ इन्च लम्बाई र २८ इन्च उचाईको भाले चितुवालाई
उनीहरुले छड र गलले हिर्काएर
मारेका हुन् । मरेको चितुवालाई स्थानीय वासिन्दाले जिल्ला बन कार्यालयलाई बुझाएका छन् । चितुवालाई सरोकारवालाको रोहबरमा बन कार्यालय परिसरमा गाडिएको छ । जिल्ला बन कार्यालय प्रमुख चन्द्रमान डंगोलले स्थानीय वासिन्दाले प्रतिकार गर्दा चितुवा मरेको बताउनुभयो । स्थानीयवासिन्दाले नियतवश नमारेकाले कानुनी प्रक्रिया अगाडि बढाउन नपर्ने उहाँको भनाई छ ।



0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide