,

प्रचण्ड पुत्री ज्ञानुको अन्तिम संस्कार (फोटो फिचर)

प्रचण्ड पुत्री ज्ञानुको अन्तिम संस्कार (फोटो फिचर)

प्रकाश लामा काठमाडौं, चैत १३ print



एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी जेठी छोरी ज्ञानु केसीको बिहीबार दिउँसो अन्तिम संस्कार गरिएको छ।
 
४० वर्षीय केसीको स्तन क्यान्सरले बिहीबार बिहान निधन भएको थियो। उनको निधनमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाट परिसरमा एनेकपा माओवादीका शीर्ष नेताहरु, माओवादी अध्यक्ष मोहन वैद्य, एमाले नेता माधवकुमार नेपाललगायत नेता तथा सयौं सर्वसाधारण उपस्थित थिए।
 
२१ वर्षअघि अर्जुन केसीसँग बिहे भएकी ज्ञानुको उपचार मुम्बई, दिल्ली र अमेरिकामा गरिए पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाई केही हप्ताअघि काठमाडौं ल्याइएको थियो। काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचारकै क्रममा उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई बुधबार बेलुका निवास लगिएको थियो। घरमै बिहीबार बिहान उनको निधन भएको थियो।
 
प्रचण्ड, उनकी पत्नी सीता पौडेल, ज्ञानुका भाइ प्रकाश दाहाललगायतले ज्ञानुको अश्रुपूर्ण अन्तिम बिदाइ गरेका थिए।
सम्बन्धित समाचार

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide