khabar,
वच्चा जन्माएर फालेको अनिताद्धारा स्वीकार
Posted by Unknown
Published on Thursday, 20 March 2014
गुल्मी,चेत्र ६ । गत माघ ११ गते गुल्मी खज्र्याङ्गमा शिसु जन्माएर फालेको अनिता नाम गरेकी महिलाले स्वीकार गरेकी छन् । खज्र्याङ्ग गाविस वडा नम्वर ८ की २१ व्र्षिय अनिता कँवरले आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो स्वीकार गरेकी हुन । गुल्मीको हस्तीचौरमा विवाह भएर पनि श्रीमानसंग टाढिदै बुटवलमा बसेर ब्युटी पार्लर गर्ने अनिताले ति सन्ताका बाबुलाई भने राम्री नचिनेको बताईन् । ‘खै दाङ्ग घर भन्थ्यो , नाम विरेन्द्र केसी बताउथ्यो ’ उनले भनिन‘ त्यस दिन सम्वन्ध रह्यो त्यस पछि फोन स्वीच्च अफ भायो ,उ कहाँ छ थाह छैन् ।’
९ महिना सम्म घरमा आमा बाबुलाई थाह नदिई बसेको र बच्च जन्माउने रहर भएर जन्माएकी हुँ तर मरेको , मारेकी चाँही होईन ’–उनको यस्तो दावि थियो । प्रहरीले भने मेडिकल रिर्पोट अनुसार मारेरै फालेको बताएको छ । प्रहरी निरिक्षक राजेन्द्रप्रसाद श्रेष्ठले घाँटीमा कपडाले कसेर डोजरले खनेको माटोमा गाडेको अवसथामा फेला परेकोले कर्तब्य ज्यान मुद्धा उनलाई लगाईएको बताए । उनले गर्वधारण गराउने पुरुषलाई बचाउनका पछाडी ठुलो रहस्य लुकेको स्थानिय बताउँ छन् । सुरुमा आशंका गरिएका ब्याक्तिलाई राजनैतिक संरक्षण भएकोले उनले बाबु नचिनाएको स्थानिय केहि मानिसहरुले बताउँदै आउका छन् । त्यो शिसु स्थानिय पुरुषकै भएको आशंका गरिए पनि ति महिलाले नै यस्तो बताउ पछि स्थानिय चकित परेका छन् । यस सम्वन्धमा ति युवतीले भनिन् ‘हाँस्दै बोल्दैमा शंका गर्न पाईदैन ,अरुको होईन उहि अपरिचीत मानिसको हो । ’ हस्तीचौरस्थित उनका श्रीमान गत जेठमा भारतमा मृत्यु भएर पनि उनि कृयाक्रम गर्न गएकी थिईनन् । जिन्स पाईन्ट टिशर्टमा ‘सजिएकी उनि सिने कलकारको शैलीमा पत्रकारहरुसंग प्रस्तुत भईन् । पत्रकारहरुलाई कक्षा ९ मात्रै पढेका उनले बताए पनि प्लस टु पढेको प्रहरी निरक्षकले बताए ।


0 comments
Readers Comments
i love like and koment