,

सल्यानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, २ जना गम्भीर घाईते

प्रद्युम्न उपाध्याय । चैत-३, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुदा २ जनाको घटना स्थलमै ज्यान गएको छ । दुई जना गम्भिर घाइते भएका छन् । रोल्पाको पाखापानी गाविसबाट काठ ल्याएर कोटमौला ६ डाँगीगाउ आउदै गरेको रा १ त ११७१ नम्वरको ट्याक्टर कोटमौला गाविस ६ डिम्मुर चौर नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परि कोटमौला ६ डाँगीगाउका ५५ वर्षिय बुद्धिमान डाँगी र सोही ठाउका ३० वर्षिया दिपकराज डाँगी रहेका छन् । उनिहरु दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय विरेन्द्र डाँगीले जानकारी दिनुभयो । यस्तै घाइते भएर वेहोस भएका सोही गाउका विक्रम डाँगी र धर्मराज डाँगीलाई थारमारेमा रहेको पोलिकिल्नक मा प्राथमिक उपचार पछि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा चढेका अन्य व्यक्तिहरुभने दुर्घटनाको समयमा हामफालेर ज्यान जोगाएका थिए । ट्याक्टरको गति अत्यधिक भएको र चालकले मदिरापान गरेकोले दुर्घटना भएको स्थानीयहरुको भनाई रहेको छ । दुर्घटनापछि घटनास्थलमा थारमारे इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परि मृत्यु भएकाहरुलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भइरहेको छ । दुर्घटनामा परेर मृत्यु हुनेहरु एउटै गाउँका भएकोले घटनास्थल पुगेका मृतकका आफन्तहरुको रुवावासी चलेको छ भने गाउँ शोक मग्न भएको छ ।


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide