रोचक जानकारी,
एमाले नुवाकोटका उपाध्यक्ष निलम्वित
Posted by Unknown
Published on Friday, 28 March 2014
कपिलदेव खनाल
१५ चैत, नुवाकोट । पार्टी निर्देशन र नीतिविपरित कार्य गरेको ठहर गर्दै नुवाकोटका दुई नेतालाई नेकपा एमालेले कारवाही गरेको छ । मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा पार्टीको नीति विपरित कार्य गरेको ठहर गर्दै एमालेको बागमती अञ्चल कमिटीले एमाले नुवाकोटका उपाध्यक्ष विन्दा ढुंगाना र नेकपा एमाले २ नं. क्षेत्रीय उपाध्यक्ष बद्री मैनालीलाई कारवाही गरेको छ ।
यस्तै, बिन्दा ढुङ्गानाबाट टिकट ‘किनेर’ नुवाकोटको क्षेत्र नम्बर दुईमा अबैधानिकरुपमा पार्टीको नामबाट उम्मेदवारी दर्ता गराएको र क्षेत्र नम्बर तीनमा स्वतन्त्र उम्मेदवारी दिनु पार्टीको नीति विपरित रहेको ठहर गर्दै नुवाकोटको क्षेत्र नम्बर २ नं. क्षेत्रीय उपाध्यक्ष बद्री मैनालीलाई नेकपा एमालेको साधारण सदस्यता समेत नरहने गरि पाटीबाट निकालेको छ ।
अञ्चल कमिटी बैठकले ढुङ्गाना र मैनालीलाई मंगलबार नै कारबाही गरेको निर्णय गरेपनि नेकपा एमाले नुवाकोटले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा निर्णय सार्वजनिक भने गरेको छैन । कारबाहीमा परेका बिन्दा ढुङ्गाना पहिलो संबिधानसभा निर्वाचनमा नुवाकोटको दुई नम्बर क्षेत्रको पराजित उम्मेद्वार हुन् ।


0 comments
Readers Comments
i love like and koment