,

प्रहरीद्वारा दुई ट्रक अवैध काठ बरामद

१५ चैत, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा ओसारी रहेको दुई ट्रक सालको काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट गएको प्रहरीको नियमिति गस्ती टोलीले शनिबार बिहान एक बजे अवैधरुपमा त्रिशुलीतर्फ ल्याइरहेको सालको काठ विदुर नगरपालिका र तुप्चे गाँउ विकास समितिको सीमाक्षेत्र कोलनी नजिकैबाट बरामद गरेको हो ।
प्रहरीले बा.२ ख ९२१५ र बा.२ ख ९६०२ नम्बरको मिनी ट्रकमा ल्याइरहेको सालको काठ गाडी सहितनियन्त्रणमा लिएको हो । काठ र गाडी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा राखिएको छ ।
प्रहरी देखेपछि काठ तस्करहरु गाडी छाडेर भागेकाले कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । बरामद काठ जिल्ला वन कार्यालय नुवाकोटमा बुझाइने प्रहरीले जनाएको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide