khabar,
विद्यार्थी आन्दोलन जारी, १ बजे वार्ता हुने
Posted by Unknown
Published on Monday, 17 March 2014
३ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत विभिन्न १३ विद्यार्थी संगठनले आज राजधानीका विभिन्न क्याम्पस अगाडि धर्ना तथा प्रदर्शन गरेका छन् । विहान ९ बजेदेखि एक घन्टासम्म प्रदर्शन गरिएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । आज होली परेकाले धर्ना तथा प्रर्दशन वृहत बन्न नसकेपनि आफूहरुले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको लामिछानेको भनाइ छ ।
सरोकारवालासँग अन्तरक्रिया र वार्ता
आन्दोलनरत विद्यार्थी संगठनले पेट्रोलियम पदार्थसँग सम्बन्धित सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने भएका छन् । मध्यान्ह १२ बजे पछि हुने अन्तरक्रियामा विद्यार्थीका माग तथा सरोकारवाला निकायले गर्ने पहलका बारेमा छलफल हुनेछ ।
उक्त अन्तरक्रिया पछि आजै विद्यार्थीहरुले समस्या समाधानका लागि सरकारसँग वार्ता गर्ने भएका छन् । सरकारले विद्यार्थीको माग सम्बोधन गर्न वाणिज्य सचिवको संयोजकत्वमा वार्ता टोली तय गरेको छ । उक्त वार्ता टोलीसँग दिउँसो १ बजे वाणिज्य मन्त्रालयमा वार्ता हुने लामिछानेले बताए ।
दुईपक्षीय वार्तामा विद्यार्थीको मागका बारेमा छलफल हुनेछ ।


0 comments
Readers Comments
i love like and koment