khabar,
झडपमा गोली चल्दा एक घाइते
Posted by Unknown
Published on Monday, 17 March 2014
दोलखा, चैत्र ३ - दोलखा मैनापोखरीस्थित एक भेनियर उद्योगमा आक्रमणपछि उत्पन्न विवाद साम्य पार्न प्रहरीले गोली चलाउदा एक जना घाइते भएका छन् ।
झडपमा प्रहरीलाई नै ढुङ्गा र लाठा हानी घाइते बनाएपछि सदरमुकाम, जिरी र रामेछापबाट उतारिएको प्रहरी टोलीले गएराति नै स्थिति नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले बताए । आक्रमणकारीमध्य तीनजनालाई पक्राउ गरिएको उनले बताए ।
भेनियर उद्योगमा काम गर्ने रञ्जीत पौहान, उद्धव दाहाल र लक्ष्मण दाहाललाई आक्रमण गरी उद्योग पनि क्षेती पुर्याएपछि मैनापोखरी बजारमा आइतबार साझ ६ः३० बजेदेखि तनाव भएको थियो । स्थानीय डेन्टल क्लिनिक सञ्चालन गर्ने तेजबहादुर तमाङ, अमिर घिमिरे र सुमित्रा तमाङलाई घटनामा संलग्न भएको आरोपमा राती अबेरसम्मको प्रयासमा नियन्त्रणमा लिएको प्रनाउ काफ्लेले बताए । उनका अनुसार पक्राउ मध्य गोली लागेका अमिर घिमिरे र प्रहरी जवान गेणेश कडेलको सदरमुकाममा उपचार भइरहेको छ ।
भेनियर उद्योगका घाइतेहरुको मैनापोखरीमा उपचार भैरहेको छ । आक्रमणकारीहरुले स्थानीय शिक्षक कमल दाहालको बाइकमा क्षेती पुर्याउनका साथै भेनियर सञ्चालक भीम दाहाललाई पनि आक्रमण गरेका छन् । कमलले भने, 'मेरो बाइकमा रडले तोडफोड गरिएको छ भने घरमा आक्रमण भएको छ ।' झगडा नगर भनेर सम्झाउन जादा आफैमाथी आक्रमण हुन थालेपछि भागेर सुरक्षित भएको पनि उनले बताए ।


0 comments
Readers Comments
i love like and koment