,

सिकार खेल्ने रहरले जेहेनदार विद्यार्थी प्रहरी खोरमा

२९, फागुन, काठमाडौं । मालीगाउँका १८ वर्षीय जोन खड्का कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा जुटेका थिए । रोजगारीका सिलसिलामा १३ महिना अघिदेखि हङकङकमा रहेका बुबा लीलाबहादुरले घुम्न जाने योजना सुनाउनासाथ जोनले पनि सँगै जाने ढिपी गरे। तर, बन्दुकको तारो लगाउन सिपालु आफ्ना बुबासँग सिकार खेल्न सिक्ने रहर जोनलार्इ अफ्ठ्यारो अवस्थामा पुर्याएको छ । एसएलसीमा ८० प्रतिशत अंक ल्याएका जोनको पढाइ बिग्रन्छ कि भन्ने चिन्ता पनि लीलालबहादुरलाई थियो। तर छोराको ढिपीसामु उनको केही नलागेपछि सँगै लगेर गएको खबर खबर आजको अन्नपूर्णमा छापिएको छ ।

‘१३ महिनामा छोरासँग भेट भयो, बुबा म पनि सँगै जान्छु, भन्यो भनेँ, त्यहाँ गल्ती भएछ,’महानगरीय प्रहरी वृत स्वयम्भूमको हिरासतमा रहेका लीलाबहादुरले भने । अवैध हतियारसहित पक्राउ परेका शंकरदेव क्याम्पसका स्वीयू सभापति शुभराम बस्नेतले नै लीलाबहादुरलाई फोन गरेर हामी घुम्न जाऔं हतियार पनि ल्याउनुहोस् है’, भनेका थिए। हतियार इजाजतको म्याद नसकिएका जोन तारो हान्न पाउने आषमा उत्सुकताका साथ बुबा र शुभरामसँगै निस्किए। बेलाबेला सिकार खेल्दै आएका लीलाबहादुर पनि भएभरका गोली र हतियार बोकेर निस्किए। सँगै जाने ढिपी गरिरहेकी पत्नीलाई भने उनले घरमै रोकेका थिए। ‘पत्नी पनि सँगै जाने भन्थिन धन्न पछि जाउँला भनेर रोकेँ, नत्र परिवार नै खोरमा पुगिने रहेछ,’ लीलाबहादुरले भने।

भारतीय दूताबासस्थित केन्द्रीय विद्यालयमा १२ कक्षामा अध्ययनरत जोन साथीहरूमाझ पनि चर्चित छन् । उनी अवैध हतियारसहित पक्राउ परेको खबर साथीभाइले थाहा नपाउन भन्नेमा छन् । ‘मलाइ साथीभाइ पनि भेट्न नआउन्, कसैले थाहा नपाउन् जस्तो लागेको छ, जाँच आइसक्यो, पढार्इ विग्रियो बुबासँग बेकार गएछु’ जोनले भने । बस्नेतसँगै धादिङको मजुवा र भीमढुंगा सामुदायिक बनमा सिकार खेल्न गएका खड्का बाबुछोरा, राजेशविक्रम शाही र शतिश शर्मा मंगलबार बिहान तीन बजे सीतापाइलाबाट प्रहरी फन्दामा परेका हुन् । 

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide