khabar,
हिम पहिरोमा परि तिन नेपालीको मृत्यु
Posted by Unknown
Published on Friday, 14 March 2014
नैनिताल, भारत – जम्मु–कश्मीरमा बिहिवार अचानक भएको हिमपहिरोमा परि १३ जनाको मृत्यु भएको छ । हिमपहिरोमा १३ जनाको मृत्यु भएको कयौं ५० जना भन्दा बढी बेपत्ता भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हिमपहिरोमा परि मृत्यु हुनेमा कामका लागी भारतमा गएका ३ जना नेपाली रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । संचारमाध्यमका अनुसार मृत्यु भएका नेपाली कामदारहरुको परिचय खुल्न नसके बताएका छन् । तर, मृत्यु हुने उनीहरु नेपाली नै भएको पुष्टि भएको बताइएको छ । त्यहाँ कामका लागी धेरै नेपाली मजदुरी गर्न जाने हुदाँ मृत्युहुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । काश्मीरमा आएको लगातारको हिउं पहिरोका कारण त्यहाँको जनजीबन अस्तब्यस्त बनेको छ । अत्यधिक चिसो र हिउंका कारण ट्रेन, हवाई, शिक्षा क्षेत्रहरु पूर्णतया बन्द भएको कास्मिर टाइम्सले जनाएको छ । उसले लेखेको छ, यो प्राकृतिक बिपत्तिबाट कम्तिमा १३ जनाको मृत्यु भईसकेको छ भने ६०० भन्दा धेरै घरहरु ध्वस्त बनेका छन ।


0 comments
Readers Comments
i love like and koment