,

गुल्मी सेवा समाज युएई दुबई शाखाद्वारा नेत्रबिहिन विधार्थीहरुहरुलाई चालिस हजार बराबरको सहयोग

हेम त्यागि गुल्मी ।
गुल्मी सेवा समाज युएई दुबई शाखाद्वारा गुल्मीको रिमुआ गाबिस वार्ड न.५ स्थित श्री जनज्योति उ.माबि का नेत्रबिहिन विधार्थीहरुलाई रु .चालिस हजार बराबरको सहयोग हस्तान्तरण गरेको छ ।
गुल्मी सेवा समाज युएई क्षेत्रिय कमिटिका अधक्ष्य श्री मिन प्रसाद भण्डारको सभापतित्व एबम सस्थाका सस्थापक अधक्ष्य श्री शंकर ज्ञवालीको प्रमुखआथित्यमा संचालित उक्त कार्यक्रममा समाजको केन्द्रिय सदस्य बिष्णु भण्डारी ,महिला सदस्य लक्ष्मी मुस्कान
भुसालको उपस्थिति थियो ।नेत्रबिहिन बिधर्थिका शिक्षिका राशी घिमिरेले स्वागत मन्तब्य तथा स्कुल ब्यबस्थापन समितिका अधक्ष्य एबम शिक्षक खडानन्द पौडेयल ,प्राचार्य लक्ष्मी पौडेलले गुल्मी सेवा समाज यु ए ई लाई धन्यबाद दिनु भएको थियो ।
कार्यक्रममा १५ जना नेत्रबिहिन बालबालिकाहरुलाई गुल्मी सेवा समाज अकित ट्रयाकसुट तथा ब्रेनलिपि किबोर्डको नगद हस्तान्तरण गरिएको थियो ।
नेत्र बिहिन बालबालिकाहरु द्वारा बिशेष सांगीतिक कार्यक्रम गरिएको थियो भने लक्ष्मी मुस्कान लगाएत साथीहरुबाट संयुक्त नाचगान प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा स्कुल ब्यबस्थापन समितिद्वारा सस्थापक अधक्ष्य शंकर ज्ञवाली तथा गुल्मी सेवा समाज यु ए ई क्षेत्रिय् कमिटि अधक्ष्य मिन प्रसाद भण्डारीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रम समापन गर्दै सभापति भण्डारीले सामाजिक सेवा हाम्रो जीवनहो भन्दै यस पबित्र कार्यमा हातेमालो गर्नु हुने गुल्मी सेवा समाज युए ई सम्पूर्ण प्रतिनिधि साथीहरुलाई धन्यवाद दिनु भएको थियो ।शिक्षक श्री रामहरी पाण्डेयले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो ।
1496847_419824381453931_2067162405_n 1510603_420401151396254_1600633281_n 1604697_692828574107193_806629856_n 1948088_692705144119536_1220340492_n 1975064_490448744398175_898400377_n1609693_420399924729710_897836863_n

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide