khabar,
नेताको बोली : तित्राको मुखै बैरी
Posted by Unknown
Published on Friday, 14 March 2014
काठमाडौं । भनिन्छ, जंगलमा चर्ने तित्रा आफ्नै मुखले गर्दा शिकारीको फन्दामा पर्छ । त्री-त्री गर्दै कराएर मात्र हिँड्न सक्ने भएकाले तित्रा कहाँ बस्छ भन्ने शिकारीलाई सहजै थाहा हुने र ऊ फन्दामा पर्ने भएकाले नेपालीमा आहान बनेको छ, तित्राको मुखै बैरी । हाम्रा नेता र मन्त्रीहरु पनि भाषण गर्न पाएपछि एकथोक न एकथोक बोलिहाल्छन् र आफैं फन्दामा पर्दै जान्छन् । यसरी बोल्दा एउटै पार्टीका दुई नेताले आनका तान फरक कुरा बोलिरहेका हुन्छन् भने कोही मन्त्रीले बिहान एकथोक, बेलुका अर्कोथोक भनिरहेका हुन्छन् । आफू फन्दामा पर्न लागे भने त्यसबाट जोगिन उनीहरुले मिडियाले आफ्नो बोली बंग्याएको बताएर पन्छने गरेका उदाहरण पनि नेपाली राजनीतिमा प्रशस्तै पाइन्छ । शुक्रबार एमालेका दुई मन्त्री र एक बरिष्ठ नेताले तीन ठाउँमा भाषण गरे । पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले ललितपुरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै स्थानीय निकायको निर्वाचन तत्काल गरिनुपर्ने बताए । उता डोल्पामा पार्टीको जिल्ला अधिवेशन उदघाटन गर्न सरकारी खर्चमा पुगेका गृहमन्त्री वामदेव गौतमले छ महिनायता स्थानीय निर्वाचन गर्न नसकिने अभिव्यक्ति दिए । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिका अनुसार गौतमले जेठभित्र चुनाव गर्न नभ्याइने र असारदेखि भदौसम्म वर्षायाम लाग्ने भएकाले स्थानीय निकायको चुनाव सम्वव नभएको बताए । बरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमको भनाइ आपसमा बाझिएको छ । उर्जा मन्त्रीलाई आफ्नै मुख बैरी यसैवीच नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा एमाले नेतृ राधा ज्ञवालीले पनि यस्तै पीडा पोखिन् । आफूले बोलेर निवासमा नपुग्लै छोरीले गाली गर्ने गरेको भन्दै उनले मिडियाले आफूले नबोलेको कुरा छापिदिने गरेको बताइन् । साँझ दुईघण्टा गृहिणीका लागि लोडसेडिङ हटाउने बताएकी ज्ञवालीले कहिलेसम्म लोडसेडिङ घटाउने भन्ने टुंगो नभएको बताइन् । उता रिपोर्टस क्लबमा बोल्दै उनले लोसेडिङ घटाउन दिउँसो निभ्ने, राति बल्ने सडक बत्तीको व्यवस्था गर्न लागिएको अर्को योजना सुनाएकी छन् । तर, जथाभावी बोल्दै हिँड्ने नेताहरुले मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीबाट पो सिक्ने हो कि ? रेग्मी अहिले पनि सार्वजनिक कार्यक्रमा आफूले लेखेर लगेको विषय मात्रै बोल्छन् र जथाभावी अभिव्यक्ति दिँदैनन् । कान्तिपुर


0 comments
Readers Comments
i love like and koment