khabar,
गुल्मी केयर बिश्व संजालद्वारा तेश्रो चरणमा चालिस हजारको सहयोग
Posted by Unknown
Published on Friday, 14 March 2014
गुल्मी फाल्गुन ३०
गुल्मी केयर संसारका बिभिन्न देशमा आफ्ना प्रतिनिधिहरुको पहलमा बसन्ती बचाऊ अभियान संचालन गरेको गुल्मी केयर विश्व संजालद्वारा पुर्ब घोषित कार्यक्रम अनुसार तेश्रो चरणको सहयोग रकम नेपाल पठाउने तयारी रहेको सो सस्थाको सचिबालयले जनाएको छ । महिला तथा बालबालिका स्वास्थ्य सुरक्षा ,दैविक प्रकोप ,आपतकालीन सेवा भन्ने नाराका साथ सन २०११ सालमा स्थापना भएको सस्थाले गुल्मीको मुसिकोट गाबिस मा उद्दार कार्य शुरु गरेको जनाएको छ । केनाडा प्रतिनिधि सुरेश बोहोरा , मध्य्पुर्ब इजराइल प्रतिनिधि बिद्या कार्की , अमेरिका प्रतिनिधि कैलाश के सी को सयुक्त पहलमा- गुल्मी जिल्ला मुसिकोट गाबिस वार्ड न. ५ हाल इजराइल कार्यरत सुश्री बिद्या कार्की बाट रु . ५००० ,गुल्मी पौदी अमराई गाबिस वार्ड न. ४ शिवालय टोल हाल अमेरिका कार्यरत श्री कैलाश के सी बाट रु ५०००, गुल्मी तुरांग हाल केनाडा कार्यरत श्री सुरेश बोहोरा बाट रु. ५००० ,गुल्मी नेटा ३ थाम डाडा हाल हंगकंग कार्यरत श्री बुद्द बस्नेत बाट रु.५००० ,गुल्मी गुन्दारा ८ हाल हंगकंग कार्यरत इस्वोरा थापा रु .५००० गुल्मी जिल्ला गुन्दारा वार्ड न.५ चितपानी हाल हंगकंग कार्यरत मंजु पछाई बाट रु .५००० ,गुल्मी वामी टक्सार ३ हाल हंगकंग कार्यरत तारा खरल बाट रु . ५००० ,गुल्मी आपचौर ५ सितल नगर ५ हाल जापानमा कार्यरत श्री बिष्णु शर्मा ज्युबाट रु ५००० गरि कुल ४०,००० सहयोग प्राप्त भएको जनाएको छ । स्तन क्यान्सर पिडित बसन्ती कुँवर बचाऊ अभियान तिब्र पारेको यस सस्थाले चौथो चरणको सहयोग मध्यपुर्बी देश सयुक्त अरब अधिराज्य दुबईबाट ५०,००० पचास हजार भन्दा बडी सहयोग संकलन हुने बताएको छ ।


0 comments
Readers Comments
i love like and koment