रोचक जानकारी,
यमनसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली दोहामा
Posted by Unknown
Published on Sunday, 23 March 2014
काठमाडौं, चैत ९ - नेपाली राष्ट्रिय फुटबल टोली यमनसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि दोहा प्रस्थान गरेको छ । मंगलबार हुने मैत्रीपूर्ण खेलमा भाग लिन आइतबार बेलुकी त्यसतर्फ गएको टोलीलाई एन्फाले बिहान बिदाइ गरेको थियो ।
बिदाइ कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान सागर थापाले ट्वान्टी–ट्वान्टी क्रिकेटमा पाएको सफलताले आफूहरुलाई हौसला प्रदान गरेको बताउँदै त्यो हौसलाले आफूहरुलाई मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने उर्जा मिलेको बताए ।
यस्तै एन्फाका अध्यक्ष गणेश थापाले फुटबलको विकासका लागि यो वर्ष धेरै मैत्रीपूर्ण खेलहरु आयोजना गर्ने योजना बनाएको बताउनुभयो । सन् २०१४ मा कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका नरहेकोले बढी भन्दा बढी मैत्रीपूर्ण खेलमा जोड दिन लागेको उहाँको भनाइ छ ।
राष्ट्रिय टोलीमा कर्ण लिम्बु, सुजल श्रेष्ठ र दिपक राईलाई पनि समावेश गरिएको छ भने भरत खवास र विराज महर्जन भने भिसा समस्याका कारण मैत्रीपूर्ण खेलमा सहभागी नहुने भएका छन् ।


0 comments
Readers Comments
i love like and koment