तेजेन्द्र थापा गुल्मी ,चैत्र ८ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा शान्तिपुर गुल्मीको १९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । २६० आजीवन सदस्य र १ जना बिशिष्ठ सदस्य रहेको सो उपशाखाका सभापति केशब प्रसाद न्यौपानेको सभापतित्व तथा नि बर्तमान सभापति मिमलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको संचालन उपशाखाका सचिब भानु भक्त सुबेदीले गर्नु भएको थियो । कार्यक्रममाको उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति केशब न्यौपानेले रेडक्रसको ईतिहास रेडक्रस कर्मीको आचरण ,पालना गर्नु पर्ने नियम आदि बिषयमा प्रष्ट पार्नु भएको थियो । सोहि कार्यक्रममा वर्ष भरि उपशाखाले गरेका कामहरुको समिक्षा अनुमोदन गर्नुका साथै आगामी बर्षको लागि बार्षिक कार्य योजना प्रस्तुत गर्नुका साथै पारित गरियो ।
उक्त कार्यक्रममा तत्काल आजीवन सदस्यता लिएका सदस्यलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

