छोडि आएँ गाउँ घर,लाहुरे बन्ने रहरमा
रुँदै आज बसेकोछु ,बिरानो यो शहरमा
बलेको त्यो बत्तिमा,झुम्मिएर पुतली झैँ
धन टिप्न आएको थेँ,हजारौँको लहरमा
आफ्नो देशको माटो चिने,सुन चाँदि फल्छ भन्थे
गर्नु थियो खेतिपाति,छैन पानी नहरमा
खै कसरी जोड्ने होला ? फुटेको यो भाग्यलाई
बेकार भो जीन्दगी यो मरुभूमि बगरमा
0 comments
Readers Comments
i love like and koment