,

ढिलो बाबु बन्दा सन्तान रोगी हुने खतरा

ढिलो बाबु बन्दा सन्तान रोगी हुने खतरा


New-born-baby
युवा पुस्तामा पछिल्लो दिनमा ढिलो विवाह गर्ने र बाबु आमा बन्ने क्रम बढेको छ । तर, धेरै ढिला बाबुबन्दा बच्चामा मानसिक स्थास्थ्यसम्वन्धी विरामीको खतरा हुने एक अध्ययनले देखाएको छ ।
अमेरिका र स्वीडेनका वैज्ञानिकले गरेको अध्ययनमा ४५ वर्ष उमेरपछि बाबु बन्नेको सन्तानमा मानसिक रोगको खतरा बढी रहने देखिएको हो । वैज्ञानिकहरुले स्वीडेनमा सन् १९७३ देखि २००१ सम्म जन्मिएका २६ लाख व्यक्तिको शिक्षा, स्वास्थ्य र पारिवारिक अवस्थाबारे विश्लेषण गरेका थिए ।
अध्ययनमा २० देखि २६ वर्ष र ४५ भन्दा बढी उमेरमा बाबु बन्नेहरुको सन्तानबारे विश्लेषण गरिएको थियो । अधिक उमेरका बाबु बन्नेहरुको सन्तानमा आल्टिजम, स्किट्सोफ्रिनिया, आत्महत्या र मानसिक कमजोरीजस्ता समस्या बढी देखिएको थियो ।
अमेरिकी मेडिकल एसोसिएशनको जर्नल जेएएमएमको अनलाइन संस्करणमा प्रकाशित रिपोर्टमा अमेरिकन मेडिकल एशोसियसनका प्रोफेसर एवं अध्ययन प्रमुख ब्रायन डिओफ्रिनिया ढिलो विवाह र प्रजनन् समस्याको रुपमा आएको बताएका छन् ।
उनी भन्छन्, मानिसहरु मलाई बाबु बन्ने सही उमेर कुन हो भनेर सोध्छन्, तर यसको कुनै निश्चित उत्तर छैन । यस्तो कुनै उमेर छैन, जुन समयमा बाबु बन्नु उत्तम हुन्छ ।’
यद्यपि अध्ययनका क्रममा २४ वर्षसम्मको उमेरमा बाबु बनेकाहरुको सन्तानमा भन्दा ४५ वर्षभन्दा बढी उमेरमा बाबु भनेकाहरुको बच्चामा अल्टिजमको आशंका तीन गुणा बढी थियो । उनीहरुमा आत्महत्याको प्रवृत्ति पनि बढि पाइएको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide